विदेश
काठमाडौं । मे महिनाको अन्तिम हप्ता साउदी अरबसहित मध्यपूर्व र युरोपका विभिन्न देशको भ्रमण गरेर फर्केका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै खाडीका मुस्लिम राष्ट्रहरूले कतारमाथि लगाएको कूटनीतिक प्रतिबन्धलाई आफ्नो यात्राको प्रभाव बताएका छन् । एजेन्सीहरूका अनुसार, आफ्नो सल्लाह मानेर आतंकवादलाई समर्थन गर्ने कतारलाई खाडीका मुस्लिम देशले बहिष्कार गरेको ट्रम्पको दाबी छ ।
ट्रम्पले भनेका छन्, ‘‘मैले साउदीको यात्रा गर्दा कतारले मुस्लिम उग्रवादी विचारको समर्थन गरेको र अनेकौं उग्रवादी संगठनलाई रकम दिने गरेको बताएको थिएँ । म त्यहाँबाट फर्किनेबित्तिकै मेरो साउदी यात्राको असर देखिन थालेको छ ।’’
प्रकाशित मिति: बुधबार, जेठ २४, २०७४ १६:४९
प्रतिक्रिया दिनुहोस्