site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारत मध्यप्रदेशमा किसान आन्दोलन उग्र, प्रहरीको गोलीबाट ६ को मृत्यु  
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारत मध्यप्रदेशको मन्दसौरमा राज्य सरकारविरुद्ध प्रदर्शनमा उत्रेका किसानहरूमाथि प्रहरीले गोली चलाउँदा छ जना किसानको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार किसानहरूको हत्यापछि आन्दोलनले उग्ररूप लिएको छ ।  मध्यप्रदेशका गृहमन्त्री भूपेन्द्र सिंहले पुलिसले फायरिंग नगरेको बताएका छन् । तर प्रहरीले किसानहरूको प्रदर्शन नियन्त्रणबाहिर जान लागेपछि बाध्य भएर गोली चलाउनु परेको बताएको थियो ।

मंगलबार प्रदर्शनकारीहरूले दुईवटा बस र एउटा टेम्पोमा तोडफोड गर्नुका साथै आगो लगाइदिएका थिए । किसानहरूले केही प्रहरी चौकीमा समेत आगो लगाउने प्रयास गरेको र रेलका पटरी उखेलेर फ्याँकेको  समाचारमा उल्लेख छ । मन्दसौर घटनापछि मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंहले उच्च अधिकारीहरूसँग छलफल गर्नुका साथै घटनाको न्यायिक छानबिनको आदेश दिएका छन् । 

Agni Group

सञ्चार माध्यमहरूका अनुसार सुरुमा मृतकका परिवारजनलाई पाँच–पाँच लाख र घाइतेलाई एक–एक लाख सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका मुख्यमन्त्रीले साँझ उक्त रकम बढाएर मृतकका परिवारजनलाई जनही एक–एक करोड उपलब्ध गराउने बताएका थिए । 

मध्यप्रदेशका किसान सङ्गठनहरूले बुधबार आधा दिन प्रदेश बन्दको आह्वान गरेका छन् । उग्र प्रदर्शनका कारण मन्दसौर र रतलाममा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । उता भारतीय कांग्रेस पार्टीले किसान आन्दोलनलाई समर्थन गर्दै यसको राजनीतिक लाभ लिने कोसिस गरेको छ । कांग्रेस उपाध्यक्ष राहुल गान्धीले भाजपा सरकार किसानविरुद्ध युद्धमा उत्रिएको आरोप लगाएका छन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘‘भाजपाको नयाँ इन्डिया यही हो, जहाँ अन्नदाताहरूले हक मागे भने गोली हानिन्छ ।’’

Global Ime bank

घटनाको जानकारी लिन राहुल गान्धी आज मन्दसौर आउन लागेका थिए तर प्रहरीले सुरक्षाको कारण देखाउँदै कुनै पनि अतिविशिष्ट व्यक्तिको मन्दसौर जिल्ला प्रवेशमा रोक लगाएपछि गान्धीको यात्रा रद्द भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०७४  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC