site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कतार– गल्फ राष्ट्र विवादले के के असर पार्दैछ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । आतंंकवादलाई पश्रय दिएकोे भन्दै विश्वका ७ मुस्लिम देशले कतारसँगको आफ्नो कुटनैतिक सम्बन्ध अन्त्य गरेका छन् । मुस्लिम ब्रदरहुड र इस्लामिक स्टेट लगायतका आतंकवादी समुहलाई कतारले समर्थन र सहयोग गर्ने गरेको र इरानलाई पनि आफ्नो नजिकको मित्र ठानेको भन्दै ७ मुस्लिम राष्ट्रले सम्बन्ध विच्छेद गरेका छन् ।

पछिल्लो २४ घण्टामा कसले कसले सम्बन्ध विच्छेदको घोषणा गरे ?

साउदी अरेयिबा, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स, लिबिया, यमन र माल्दिभ्सले कतारसंगको आफ्नो सम्बन्ध अन्त्य गरेका छन् । ह्याकरहरुले साउदीको समाचारसंस्थाको वेभसाइट ह्याक गरि गल्फ राष्ट्रका राष्ट्राध्यक्ष र उनीहरुको आन्तरिका मामिलामा पनि हस्तक्षेप गर्ने द्येय रहेको कुरा सार्वजनिक भएपछि रुष्ट बनेका गल्फ राष्ट्रले विरोध जनाउंदै कुटनैतिक सम्बन्ध अन्त्यको घोषणा गरेका छन् । उनीहरुले कतारसंगको आफ्नो सबै प्रकारको सम्बन्ध तोड्नको लागि हवाइ, जल र स्थल क्षेत्र साउदीले प्रयोग गर्न नपाउने गरि प्रतिबन्ध लगाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिबन्धले कतारको अर्थतन्त्र र त्यहांका मानिसमा कस्तो प्रभाव पार्नेछ ?

करिब २७ लाख जनसंख्या रहेको कतारले अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य घट्दै गएपछि आफ्नो बजेटमा भारी गिरावटको सामना गर्नुपरेको थियो । सन् २०१७ मा पनि कतारले बजेट घाटा ७ दशमलव ८ अर्ब अमेरिकी डलर हुने अनुमान गरेको छ । बजेट घाटा निरन्तर बढिरहंदा अन्य राष्ट्रले पनि प्रतिबन्धको घोषणा गरेपछि कतार थप तनाव र दबाबमा परिरहेको छ ।

Global Ime bank

अबुधाविको इतिहाद एअरवेज, दुबइको इमिरेटले दोहाको लागि र दोहाबाट आउने सबै उडान रद्दको घोषणा गरेका छन् । दुबै हवाइ सेवा प्रदायकका दैनिक ४ उडान आउ जाउ गर्ने गरेका थिए । बजेट क्यारियसको रुपमा लिइएका फ्याइ दुबइ र एअर अरेबियाले पनि आफ्नो दोहाको सबै उडान रद्द गर्नै घोषणा गरिसकेका छन् । यता बहराइनको गल्फ यअर र इजिप्ट यअरले पनि ढिलो चाडों उडान बन्दको घोषणा गर्ने अनुमान गरिएको छ । यसको आर्थिक क्षतिको अनुमान भइनसके पनि कतारले थप आर्थिक क्षति बेर्हुनुपर्ने भने पक्का छ ।

सम्बन्ध विच्छेदको घोषणा गरेका देशहरुले कतारको राष्ट्रिय ध्वजावाहक कतार एअरवेजलाई आफ्नो हवाइ क्षेत्रमा प्रवेश नदिने घोषणा गरिसकेका छन् । कतार एअरवेजले दुबइ, अबुधावि, रियाद र कायरोमा एक दिनमै दर्जनौं उडान भर्दै आएको थियो । सम्बन्ध चिसिन थालेपछि कतार एअरवेजले पनि आफुले साउदी जाने सबै उडान बन्द गरेको र टिकट बुक गरिसकेका ग्राहकहरुलाई पैसा फिर्ता दिने वा उनीहरुलाई अन्य कुनै स्थानबाट आफ्नो गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाएको छ । तर अधिकांश गल्फ राष्ट्रले हवाइ क्षेत्र नै बन्दको घोषणा गरेकाले कतार एअरवेजले अबदेखि बढी समय लाग्ने हवाइ मार्ग प्रयोग गर्नुपर्ने भएको छ । दोहाबाट युरोप जानुपरेमा पहिले ६ घण्टा लाग्ने गर्दथियो भने अब ८ देखि ९ घण्टा लाग्ने छ जसकारण यात्रुहरुले कतार एअरवेज भन्दा पनि अरु कुनै हवाइ सेवा प्रदायक रोज्ने सम्भावना बढ्दै गएको छ । समय बढि लाग्ने भएपछि इन्धन खर्च पनि बढ्ने भएकाले कतार एअरवेजले आफ्नो टिकटदर पनि बढाउने अनुमान गरिएको छ ।

प्रतिबन्धले कतारी खाद्यान्न क्षेत्रमा पार्ने प्रभाव

कतार सधैं खाद्यान्न उत्पादनमा पछि रहंदै आएको छ । अधिकांश भूभाग मरुभूमि भएको कतारको कुल ११ हजार ४ सय ३७ वर्ग किलोमिटर क्षेत्रफल रहेको कतारको ५ दशमलव ६ प्रतिशत जमिन मात्रै खेती योग्य छ । खाद्यान्नको लागि कतार सधैं साउदी अरेबियामा निर्भर हुंदै आएको छ । हरेक दिन सयौं लरी साउदी हुंदै कतार जाने गर्थे जसले कतारको दैनिक ४० प्रतिशत खाद्यान्नको माग पुरा गर्ने गरेको थियो । अब स्थल मार्ग बन्द गर्ने घोषणा गरेपछि कतार हवाइ र जल क्षेत्रबाट हुने ढुवानीमा निर्भर हुने भएको छ ।

अहिले देखिएको राजनैतिक संकट लामो समय चलिरहे कतारमा सत्ता परिवर्तन हुन सक्ने आंकलन पनि गर्न सकिन्छ । प्रतिबन्धको घोषणा भएपश्चात नै कतारीहरु बजारमा रहेका खाद्यान्न स्टोर गर्न थालिसकेका छन्, बजारमा रहेका ती खाद्यान्न पनि छिट्टै नै सकिने भएकाले पनि रुष्ट बन्ने कतारीहरुले राजसंस्थामाथि दबाब बढाउने या त सत्ता परिवर्तनको लागि आवाज उठाउने सम्भावना बढ्दै जानेछ ।

अझ सबैभन्दा रोचक त के छ भने केही गरिब कतारीहरु हरेक साता साउदी अरेबिया आफ्नो खाद्यान्न सपिङका लागि जाने गरेका थिए कारण थियो कतारको तुलनामा त्यहां सस्तो पाइनु । तर अब सीमा नाका पनि बन्द भएपछि भने त्यो पनि सम्भव छैन ।

कतारलाई जनशक्तिको अभाव

कतार सरकारले आफ्नो देशमा रहेका साउदी, इजिप्ट, बहराइन, युएइ, लिबिया र यमनका नागरिकलाई देश छाड्न १४ दिने अल्टिमेटम दिएको छ । यता साउदी, युएइ र बहराइनका नागरिकले पनि उति नै समय कतार छाड्नको लागि पाएका छन् तर नागरिक निष्काशनका विषयमा इजिप्ट भने चुप छ । मध्यपूर्वको सैन्य शक्ति केन्द्र मानिएको इजिप्टका करिब १ लाख ८० हजार नागरिक कतारमा छन् ती मध्ये पनि अधिकांश इन्जिनियरिङ्, उपचार पद्धति, कानुन र निर्माणका क्षेत्रमा संलग्न छन् । यदी उनीहरु फर्किए भने इजिप्टका साथै कतारको लागि दक्ष जनशक्तिको अभाव हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०७४  ००:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC