site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाको ओरल्यान्डोमा गोली प्रहार, छ जना मारिए 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको ओरल्यान्डो सहरमा गोलीप्रहारको घटना भएको छ । उक्त घटनामा आक्रमणकारीसहित कम्तीमा छ जना व्यक्तिको ज्यान गएको बीबीसीले जनाएको छ । घटना एउटा औद्योगिक क्षेत्रभित्रको व्यस्त थलोमा घटेको थियो ।
ओरल्यान्डो सहरमा गोलीप्रहारको यो घटना पल्स नाइटक्लब हमलाको लगभग एक वर्षपछि घटेको छ । नाइटक्लब हमलामा पचास जनाको मृत्यु भएको थियो ।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार फ्लोरिडा प्रशासनले गोलीप्रहार गर्ने व्यक्तिलाई दुई महिना पहिले जागीरबाट निकालिएको जनाएको छ । यही रिसमा मानसिक दृष्टिले विक्षिप्तजस्तै बनेको उक्त व्यक्तिले सोमबार ओरल्यान्डको व्यस्त व्यापारिक क्षेत्रमा अन्धाधुन्ध गोली चलाएको थियो । वरिपरिका पाँच जनालाई जथाभावी गोली हानेपछि उसले आफूलाई समेत गोली हानेको समाचार उल्लेख छ । घटनामा आक्रमणकारीसहित पाँच जनाको तत्कालै र एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०७४  ०१:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC