site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मध्यप्रदेशमा किसान आन्दोलन उग्र बन्यो  
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । भारतको मध्यप्रदेशमा किसान आन्दोलन उग्र बनेको छ । आइतबार उक्त आन्दोलनले हिंस्रक रूप लियो । सो क्रममा किसानहरूले पुलिसमाथि हमला गरे । रतलाममा प्रहरीले अश्रुग्यास हानेपछि प्रत्युत्तरमा किसानहरूले ढुङ्गा प्रहार गर्दा एएसआई पवन यादवको आँखो फुटेको छ । सीहोरमा सीएसपी र दुई टीआईसमेत ११ पुलिसकर्मी नराम्ररी घाइते भएका छन् । अनियन्त्रित भीडले पुलिसका तीनवटा गाडीमा आगो लगाउनुका साथै दुईवटा बसमा तोडफोडसमेत गरेको थियो ।  
दैनिक भास्करका अनुसार आइतबार राति उज्जैनमा भारतीय किसान संघका प्रतिनिधि र मुख्यमन्त्री शिवराजसिंह चौहानबीच छलफल भएपछि किसानहरूका अधिकांश मागहरू पूरा गरिएको छ । सरकारले यस वर्ष किसानहरूसँग प्याज प्रतिकिलो रु.८ मा र मुंगको दाल समर्थन मूल्यमा खरिद गर्ने प्रतिबद्धता किसान प्रतिनिधिसँग व्यक्त गरेको थियो । उक्त खरिद दुई चार दिनमै सुरु गरिने र जून ३० सम्म चल्ने समाचारमा बताइएको छ । मन्डीमा किसानहरूलाई ५० प्रतिशत नगद तत्काल भुक्तान गरिनेछ भने बाँकी ५० प्रतिशत रकम आरटीजीएसमार्फत भुक्तान हुनेछ । तरकारी मन्डीहरूलाई मन्डी एक्टको सीमामा ल्याउने र बालीहरूको बीमालाई ऐच्छिक बनाउने सम्झौता पनि सरकार र किसानहरूबीच भएको छ । बैठकपछि संघ र किसान सेनाले आन्दोलन समाप्त भएको घोषणा गरेका छन् । तर राति अबेर दुई अन्य किसान संगठनहरू किसान युनियन र किसान मजदूर संघले आन्दोलन फिर्ता भएको होइन, जारी रहेको बताएपछि आन्दोलनमा पार्टीगत प्रभाव परेको बताइएको छ ।
सरकारसँगको सम्झौतालाई लिएर प्रदेशको किसान आन्दोलन दुई गुटमा बाँडिएको छ । संघ र भाजपासँग जोडिएको भारतीय किसान संघले आन्दोलन फिर्ता लिएको घोषणा गरेको छ भने किसान नेता महेन्द्रसिंह टिकैतले नेतृत्व गरेको भारतीय किसान युनियन र कांग्रेस समर्थित किसान मजदूर संघले आन्दोलन जारी रहेको बताएका छन् । कतिपय क्षेत्रमा सरकारसँग सम्झौता गरेर धोका दिएको आरोप लगाउँदै भाजपासमर्थित भारतीय किसान संघको पुत्ला जलाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०७४  ०२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC