site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा सोमबार बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी कम्तीमा २२ को मृत्यु हुनुको साथै अन्य १९ जना नराम्ररी घाइते भएका छन् । 

स्थानीय समय अनुसार सोमबार मध्यरातपछि बिहान १ बजे तिर उत्तर प्रदेशको बरेली जिल्लामा निर्माणाधीन राष्ट्रिय राजमार्ग नं। २४ मा उत्तर प्रदेश सरकारको स्वामित्वमा सञ्चालित यात्रु बस र विपरित दिशातिरबाट आइरहेको डिजेल बोकेको एक ट्याङ्कर ट्रक एक आपसमा ठोक्किन पुगी दुर्घटना भएको बरेली प्रहरी प्रमुखले सञ्चार माध्यमलाई जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

दुर्घटनापछि ट्याङ्कर ट्रकबाट डिजेल पोखिई घटनास्थलमा भीषण आगलागी भएको र आगोको लप्कामा परी जलेर १९ जना घाइते नराम्ररी भएका थिए ।

उत्तर प्रदेशकै गोन्डा जिल्लामा अवस्थित बस स्टेसनतर्फ जाँदै गरेको उक्त बसमा दुईजना चालक, एक जना सहचालक तथा ३८ जना यात्रु यात्रा गर्दै थिए ।, 

Global Ime bank

उक्त दुर्घटना मध्यरातको समय र बसका प्रायः यात्रु निदाइरहेको समयमा परेको कारण केहीले मात्र भागेर ज्यान बचाउन सकेका र २२ जनाको भने दुर्घटनास्थलमा नै मृत्यु भएको छ । घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएकामध्ये पनि केहीको अवस्था चिन्ताजनक रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

दुर्घटनास्थलबाट सोमबार बिहान स्थानीय समयानुसार ५ः४५ मा २२ यात्रुको शव निकाल्न सकिएको र ती शवमध्ये स्त्री या पुरुष लिङ्ग छुट्याउन समेत कठिनाई भएको बरेली जिल्ला अस्पतालका चिकित्सकले बताएका छन् । 

यस दुर्घटनाबारे छानबीन गरी सत्यतथ्य पत्ता लगाउन राज्यले एक अनुसन्धान समिति गठन गर्ने आदेश दिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC