site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । साउदी अरेबिया, युएई, इजिप्ट र बहराइनले कतारमाथि आतंकवादलाई प्रश्रय दिइरहेको आरोप लगाएर कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि यसमा यमन पनि थपिएको छ । 

कतारले आफूमाथि लगाइएको सबै आरोप अनुचित र निराधार भएको दाबी गरिरहेको भएपनि यमनले पनि सम्बन्ध अन्त्यको घोषणा गरेको हो ।
कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा गल्फ राष्ट्रले गरेको निर्णय अनुचित भएको र लगाइएका सबै आरोप आधारहिन भएको उल्लेख रहेको कतारी सञ्चारमाध्यम अल जजिराले उल्लेख गरेको छ । यसका साथै कतारले अन्य गल्फ राष्ट्रको निर्णयले सर्वसाधरणको दैनिकीमा कुनै पनि असर नगर्ने दाबी गरेको छ । 
कतारले मुस्लिम ब्रदरहुडसहितका आतंकाकारी समूहलाई सहयोग गरेको ती देशले आरोप लगाएका छन् ।

अमेरिकासँग निकै नजिक रहेका भनिएका गल्फ राष्ट्रबीचको सम्बन्ध इतिहासमै पहिलो पटक न्यून विन्दुमा पुगेको छ । सम्बन्ध कटौतीको घोषणा गरेका देशले कतारमा रहेको आफ्नो कूटनीतिक मिसन फिर्ता बोलाएका छन् भने आफ्नो देशमा रहेका कतारी दूतावासका कर्मचारीलाई देश छाड्न ४८ घण्टे र कतारी नागरिकलाई देश छाड्न २ हप्ते समय दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०७४  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC