site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आफूमाथि लगाइएको आरोपको कतारद्वारा खण्डन, आधारहिन भएको दाबी
Sarbottam CementSarbottam Cement

काठमाडौं । साउदी अरेयिबा, युएइ, इजिप्ट र बहराइनले आफूमाथि लगाएको सबै आरोप अनुचित र आधारहिन भएको कतार सरकारले दाबी गरेको छ । कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गल्फ राष्ट्रले गरेको निर्णय अनुचित भएको र लगाइएका सबै आरोप आधारहिन भएको उल्लेख रहेको कतारी सञ्चारमाध्यम अल जजिराले उल्लेख गरेको छ । 

यसका साथै कतारले अन्य गल्फ राष्ट्रको निर्णयले सर्वसाधारणको दैनिकीमा कुनै पनि असर नगर्ने दाबी गरेको छ । कतारले मुस्लिम ब्रदरहुडसहितका आतंकाकारी समूहलाई सहयोग गरेको ती देशले आरोप लगाएका छन् । युएईले आफ्नो मुलुकको कूटनीतिक मिसन ४८ घण्टामा अन्त्य गरी स्वदेश फर्कन नियोगलाई निर्देश गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

साउदी अरबको सरकारी समाचार संस्था एसपीएले कतारसँगको सीमा, समुद्री तथा हवाई सम्बन्ध बन्द गरिएको जनाएको छ । आतंककारी र अतिवादीबाट आफ्नो देशलाई बचाउनका लागि कतारसँगको सम्बन्ध विच्छेद गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै एसपीएले जनाएको छ । इजिप्टले पनि कतारसँगको हवाई तथा तटीय यातायात बन्द गरेको छ ।

बहराइनले कतारी मिडियाले उत्तेजना फैलाएको, सशस्त्र आतंकवादी गतिविधिको समर्थन गरेको र ईरानी समूहसँग जोडिएको फन्डिङलाई आफ्नो निर्णय अनुकूल तोडमोड गरेको र बहराइनमा अराजकता फैलाएको आरोप लगाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०७४  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC