site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मध्यपूर्वका चार देशले गरे कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद, आतंकवादलाई प्रश्रय दिएको आरोप
Ghorahi CementGhorahi Cement

काठमाडौं । अरब क्षेत्रमा अस्थिरता उत्पन्न गरेको आरोपमा मध्यपूर्वका चार देशले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेका छन् ।
कतारसँग कूटनीतिक सम्बन्ध समाप्त गर्ने देशमा साउदी अरब, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । गल्फन्युजका अनुसार आतंकवादलाई प्रश्रय दिएको आरोपमा यी देशले सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । 

कतारले मुस्लिम ब्रदरहुडसहितका आतंकाकारी समूहलाई सहयोग गरेको ती देशले आरोप लगाएका छन् । युएईले आफ्नो मुलुकको कूटनीतिक मिसन ४८ घण्टामा अन्त्य गरी स्वदेश फर्कन नियोगलाई निर्देश गरेको छ । साउदी अरबको सरकारी समाचार संस्था एसपीएले कतारसँगको सीमा, समुद्री तथा हवाई सम्बन्ध बन्द गरिएको जनाएको छ ।

आतंककारी र अतिवादीबाट आफ्नो देशलाई बचाउनका लागि कतारसँगको सम्बन्ध विच्छेद गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै एसपीएले जनाएको छ ।

Agni Group

इजिप्टले पनि कतारसँगको हवाई तथा तटीय यातायात बन्द गरेको छ । बहराइनले कतारी मिडियाले उत्तेजना फैलाएको, सशस्त्र आतंकवादी गतिविधिको समर्थन गरेको र ईरानी समूहसँग जोडिएको फन्डिङलाई आफ्नो निर्णय अनुकूल तोडमोड गरेको र बहराइनमा अराजकता फैलाएको आरोप लगाएको छ ।

कतारको हवाई उडानमा समस्या
दोहाको अन्तर्राष्ट्रिय हवाई अड्डा, हमाद हवाई अड्डामा उडान विचलन र डिले भइरहेको छ । कतारका लागि दुबई र साउदीले एयरस्पेस बन्द गराइदिए पछि यस्तो विचलन आएको न्युज पोर्टल लभिनदुबईले उल्लेख गरेको छ । यो एयर स्पेसले विमानलाई पुननिर्देशित गर्ने काम गर्छ । 

Global Ime bank

इत्तेहादले कतारका लागि आफ्ना उडान रद्द गरेको छ । आतंकवादलाई प्रश्रय दिएको आरोपमा साउदीले पछिल्लो समय कतारमाथि कूटनीतिक असहयोग गरिरहँदाको यो पछिल्लो उदाहरण हो । 

हेर्नुहोस् प्रभावित हवाइ उडान

\"\"

 

ارتباك في مطار حمد الدولي #قطع_العلاقات_مع_قطرpic.twitter.com/UJejbd5dky

— ناصر الحقباني (@n_alhqbani) June 5, 2017

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०७४  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC