site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर प्रदेशको बरेलीमा बस र ट्रक आपसमा ठोकिए, २२ को जलेर मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारत उत्तरप्रदेशको बरेली बजारनजिकैको बिथरीचैनपुरमा तीव्र गतिमा आइरहेको ट्रक र रोडवेजको बस आपसमा ठोकिँदा भएको भीषण दुर्घटनामा परी २२ जनाको ज्यान गएको छ । उक्त घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । 

दैनिक भास्करका अनुसार आपसमा ठोकिएपछि बस र ट्रक दुबैमा आगो लागेको थियो । आगोले गर्दा बसमा बसेका यात्रुमध्ये २२ जना जले र उनीहरूको मृत्यु भयो । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनापछि ट्रकको ड्राइभर भागेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

समाचारअनुसार आइतबार राति झन्डै दुई बजे एनएच–२४ राजमार्गमा गोन्डा डिपोको रोडवेज बस दिल्ली आइरहेको थियो । बस गलत साइडमा थियो र अचानक लखनऊबाट आइरहेको ट्रकसँग नराम्रोसँग ठोकियो । ठोकिनासाथ बसको डिजल ट्यांकी फुट्यो र बसमा आगो सल्कियो । ट्रकमा पनि यसरी नै आगो लाग्यो । घटनाको सूचना प्राप्त हुनासाथ फायर बिग्रेडका गाडीहरू घटनास्थलमा पुगे र आगो निभाए ।

तर त्यसबेलासम्म जनधनको ठूलो क्षति भइसकेको थियो । घटनाको चार घन्टापछि जलिसकेका मृतशरीरहरूलाई बसबाट बाहिर निकालिएको थियो । तर आगोमा नराम्ररी जलेकाले मृतकहरूको पहिचान हुन सकेको छैन । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०७४  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC