site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लन्डनमा शनिबार राति भएको आतङ्ककारी आक्रमणको निन्दा गरेका छन् । 

सिन्हवा समाचार समितिका अनुसार यस आक्रमणमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

लन्डनमा भएको यस घृणाजनक कार्यको हाम्री निन्दा गछौँ’ यस आक्रमणमा ज्यान गुमाएका दिवङ्गत आत्माको चिरशान्ति र घाइतेलाई छिटै स्वास्थ्य लाभको कामना गर्दछौं’ मोदी आफ्नो ट्वीटरमार्फत लेख्नु भएको छ । 

लन्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा सदिग्ध आतङ्ककारीले जथाभाबीरुपमा छुरा प्रहार गरेको यस दुई वटा घटनामा परी मारिनेको सङ्ख्या छ पुगेको प्रहरी अधिकारीहरुले बताएका छन् । 

Global Ime bank

गत २२ मे साँझमा आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै म्यान्चेस्टर सङ्गीतस्थल एरिना परिसरमा भएको भयानक विस्फोटमा परी २२ को मृत्यु हुनुको साथै दर्जनौँ व्यक्ति घाइते थिए । 

यस भीषण घटनाको दुई हप्ता वित्न नपाउँदै पुनः लण्डनमा भएको आतङ्ककारी आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अन्य कैयौँ नेताले निन्दा गरेका छन् । रासस/सिन्ह्वा 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०७४  ०३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC