site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

दमासकस । इस्लामिक स्टेट्स ९आइएस० लडाकूहरुले कब्जामा राखेको सिरियाको झन्डै १४ सय बर्ग किलोमिटर क्षेत्र सिरियाली सेना र अन्य सुरक्षाकर्मीको संयुक्त प्रयासमा मुक्त भएको छ । 

गत चौविस घन्टाको अवधिमा सरकारी सुरक्षा फौजले पाल्मीरा सहर क्षेत्रमा आइएस लडाकू विरुद्धको सफलता प्राप्त भएको साना समाचार संस्थाले शनिबार जनाएको छ । 

Agni Group

सिरियाली सेनाले हालै मात्रै आइएस लडाकू विरुद्ध सिरियाका विभिन्न ठाउँमा आक्रामक कारबाही गर्ने घोषणा गरेको थियो । 

सुरक्षा कारबाही सिरियाको उत्तरी प्रदेश अलेप्पोको दक्षिणपूर्वी केही ग्रामिण क्षेत्रमा समेत भइरहेको र त्यहाँ विगत केही दिनमा सिरियाली सेनाद्वारा हजारौँ आइएस लडाकू मारिएका छन् । 

Global Ime bank

सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समय पछाडि गृह युद्धमा परिणत भएको थियो । यस गृह युद्धमा अलकायदा र इस्लामिक स्टेट्सजस्ता आतङ्ककारी समूहको बिगबिगी बढ्दै गयो । 

सन् २०११ देखि हालसम्म जारी द्वन्द्वमा परी सिरियामा तीन लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनको साथै अन्य लाखौं व्यक्ति घाइते भएका छन् । 

लाखाँै सर्वसाधारण आफ्नो घरवास छोडी स्वदेशमा र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।रासस/सिन्ह्वा 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०७४  ०२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC