site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
लन्डनमा पन्ध्र दिन पनि नपुग्दै फेरि अर्को हमला 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बेलायतको म्यानचेस्टरमा भएको आततायी आक्रमणको पन्ध्र दिन पनि नपुग्दै मध्य लन्डनको लन्डन ब्रिज र बरो मार्केटमा शनिबार राति अर्को आतंककारी आक्रमण भएको छ । बीबीसीका अनुसार उक्त आक्रमणमा मर्नेको संख्या अहिलेसम्म ६ पुगेको छ । घटनामा बीसभन्दा बढी व्यक्ति घाइते बनेका छन् । बेलायती पुलिसले उक्त हमलामा संलग्न तीन जनालाई गोली हानेर मारेको जनाएको छ । यो घटनासँगै लन्डनमा तीन महिनाभित्र तीनवटा आतंककारी हमला भएका छन् । 
लन्डनमा शनिबार राति एकैसाथ तीनवटा आतंककारी घटना घटे । एउटा घटनामा लन्डन ब्रिजमा पैदल यात्रुलाई भ्यानले ठक्कर दियो । दोस्रो घटनामा बरो मार्केट जाने बाटोमा छुरा काण्ड भयो भने तेस्रो घटनामा वाक्सहलमा गोली चल्यो । 
लन्डन ब्रिजमा शनिबार राति स्थानीय समयअनुसार १० बजेर ८ मिनेटमा पैदल हिँडिरहेका यात्रीहरूलाई एउटा सेतो भ्यानले ठक्कर दिएको थियो । प्रत्यक्षदर्शीहरूले सो भ्यान पुलको फुटपाथमा चढेको बताएका छन् । यो घटनापछि उक्त इलाका र छेउको रेलवे स्टेसन बन्द गरिएको थियो । घटनामा त्यतिखेर एक जना व्यक्तिको तत्काल मृत्यु भएको थियो भने बीसभन्दा बढी घाइते भएका थिए । उता त्यसैबेला लन्डन ब्रिजबाट बरो मार्केटतिर दौडिँदै गरेका व्यक्तिहरूलाई तीन जना आतंककारीले जथाभावी छुरा रोप्न थाले भने वाक्सहलमा अज्ञात व्यक्तिले गोली चलाए । 
यो क्षेत्रमा सप्ताहान्त, विशेषगरी शनिबार राति निकै भीडभाड हुने गर्छ । पुलिसले घटनाका क्रममा कोही नदीमा खसेको हुन सक्ने आशंकाले टेम्स नदीमा डुंगा चलाएर खोजी गरिरहेको छ । प्रधानमन्त्री टेरिजा मे र लन्डनका मेयर साकिब खानलाई घटनाबारे ताजा जानकारीहरू उपलब्ध गराइएको छ । यी सबै हमलालाई बेलायती प्रधानमन्त्री टेरिजा मेले आतंककारी हमला भनेकी छन् । उनले आइतबार कोबरा समितिको आकस्मिक बैठक बोलाएकी छन् । पछिल्लो घटना र यसअघिका गम्भीर घटनाहरूले गर्दा बेलायतमा सुरक्षा स्थिति चुनौतीपूर्ण बनेको बताइन्छ ।
यसअघि बेलायतमा गत मार्च २२ मा प्यालेस अफ वेस्टमिन्स्टरनजिकै पैदल हिँडिरहेका मानिसहरूमाथि बेलायती नागरिक खालिद मसूदले कार चढाएको थियो र लगत्तै छुरा प्रहारसमेत भएको थियो । उक्त घटनामा एक पुलिसकर्मीसमेत पाँच व्यक्तिको मृत्यु भएको थियो भने झन्डै पचास व्यक्ति घाइते भएका थिए । 
२२ मेमा फेरि म्यानचेस्टर हमला भएको थियो, जसमा २२ जनाको दुःखद मृत्यु भएको थियो भने झन्डै ११६ जना घाइते भएका थिए । यो हमला २२ वर्षीय सलमान आब्दीले गरेको कुरा पुष्टि भैसकेको छ । 
बेलायतमा पटक–पटक घटेका यस्ता घटनाले विश्वका शान्तिप्रेमी नागरिकलाई चिन्तित बनाएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आफ्नो देश बेलायतका साथ रहेको प्रतिक्रिया दिएका छन् । त्यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका बेलायतलाई सबै किसिमको सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०७४  ००:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC