site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

मनिला । फिलिपिन्सको राजधानी मनिला अवस्थित होटलको क्यासिनो कक्षमा एक बन्दुकधारीले गरेको आगजनीमा परी ३६ को मृत्यु भएको छ । यस घटनामा अन्य दर्जनौँ घाइते भएका प्रहरी स्रोतले जनाकारी दिएको छ । 

बिहीबार मध्यराति एक बन्दुकधारीले गरेको यस आक्रमणमा परी आक्रमणकारी स्वयम्लगायत ३६ जनाको मृत्यु भएको हो । आगजनी र गोलीसमेत प्रहार गरी ३६ जनाको हत्या गरेपछि उनी स्वयम्ले आमहत्या गरेका थिए । 

Agni Group

यस आगजनीको पाँच घन्टापछि आक्रमणकारी स्वयम्ले आत्मदाह गरेका र ती बन्दुकधारी आगजनीको क्रममा एम ४ राइफल र पेस्ट्रोलसमेत प्रयोग गरेको प्रहरी अधिकारी रोनाल्ड डेला रोसाले बताएका छन् । फिलिपिन्सको सुरक्षा अधिकारीहरुले यो घटना आतङककारीहरुले गराएको नभई ‘सन्काह’ व्यक्तिले गराएको बताएका छन् । 

“क्यासिनोको दोस्रो तलाको भित्री भागमा केही शवहरु भेटिएका थिए भने, अन्य केही शवहरु होटेलको आराम कक्षमा भेटिएका दक्षिणी जिल्लाका प्रहरी प्रमुख टोमस अपोलिनारिओले बताएका छन् ।  

Global Ime bank

हाल होटेल प्रहरीको कडा निगरानीमा रहेको त्यहाँ कसैलाई पनि जान नदिइएको टोमसले बताएका छन् ।  “घटनाका बारेमा अनुसन्धान भइरहेको छ, शङ्कास्प्रद व्यक्तिहरुको पहिचान भइसकेको छ,” उहाँले थप जानकारी दिएका छन् । रासस/एएफपी/सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC