site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बुधबार मलेसियाबाट क्वालालम्पुरका लागि उडेको एमएच– १२८ एयरलाइन्सको एउटा विमानमा एक जना व्यक्तिले बम विस्फोट गराउने चेतावनी दिँदै ककपिटमा घुस्ने कोसिस गरेपछि भागदौड मच्चिएको छ । समाचारअनुसार उक्त व्यक्ति मानसिक रोगी थियो । 
एनडीटिभीका अनुसार पच्चीस वर्षीय उक्त व्यक्ति अस्टे«लियाली नागरिक रहेको बताइएको छ । पछि उसलाई चालक दलका सदस्य र यात्रीहरूले नियन्त्रणमा लिएर बेल्टले बाँधेको समाचारमा उल्लेख छ ।
विमानले हवाई अड्डाबाट उडान भरेको केही बेरमा यस्तो घटना घटेपछि पाइलट डराएर तीस मिनेटमै उक्त विमानलाई पुनः विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो । विमानबाट उत्रिँदाबित्तिकै हवाई अड्डाका सुरक्षाकर्मीले उक्त व्यक्तिलाई गिरफ्तार गरेका थिए । उक्त व्यक्ति अहिले प्रहरी हिरासतमा रहेको बताइएको छ । सो व्यक्तिसँग एउटा इलेक्ट्रोनिक उपकरण थियो, जुन देख्नेबित्तिकै यो बम होइन भनेर पुलिसले थाहा पायो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०७४  ०१:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC