site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राष्ट्रपति ट्रम्पको मूड र महाभियोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नई दुनियाँ दैनिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो व्यक्तिगत जीवनबारे रोचक समाचार लेखेको छ । राष्ट्रपति पदको जिम्मेवारी सम्हालेपछि ट्रम्पको सार्वजनिक जीवनशैलीमा परिवर्तन आएको छ । उनी मानिसहरूदेखि टाढा हुँदैछन् । पत्रिकाले लेखेको छ, यसले गर्दा ट्रम्प निकै तनावग्रस्त छन् र उनी आफैभित्र हराएजस्ता देखिन थालेका छन् । यो अवस्था उनका लागि निकै खतरापूर्ण रहेको बताइन्छ । 
ट्रम्पका एक जना निकटवर्तीले भनेका छन्, ‘‘मैले उनलाई भावनात्मक रूपले अलग हुँदै गएको देखेको छु । उनको तौल बढिरहेको छ र उनीसँग अब त्यस्तो कुनै मान्छे छैन, जसलाई उनी विश्वास गर्न सक्छन् ।’’ 
सूत्रका अनुसार मध्यपूर्व र युरोपको यात्रा गर्नुभन्दा पहिले ट्रम्पको मूड निकै राम्रो थियो । तर त्यहाँबाट फर्केपछि ट्रम्पको दिक्दारी बढेको छ, किनभने रुस सरकारसँग गरिएको कुराकानीबारे राष्ट्रपतिका ज्वाइँ जेरेड कुश्नरमाथि आरोप लगाइएको छ । गत हप्ता वासिंगटन पोस्टले कुश्नरले सुरक्षा निगरानीदेखि पर एउटा च्यानल स्थापना गर्नका लागि रुसी राजदूतसँग भेटघाट गरेको खबर सार्वजनिक गरेको थियो ।
विगत २५ वर्षदेखि सीआइएका लागि काम गर्दै आएका एक जना सुरक्षा विश्लेषकले आफ्ना ज्वाइँले गरेको कामबारे राष्ट्रपति ट्रम्पलाई थाहा नहुने कुरा असम्भव रहेको बताएका छन् । उनले दाबी गरेका छन्, कुश्नरले राष्ट्रपतिकै तर्फबाट कुराकानी गरेका थिए ।
अहिले राष्ट्रपति ट्रम्प निकै अलोकप्रिय हेल्थकेयर सुधारको सवालमा संघर्ष गरिरहेका छन् । ट्रम्प ओबामाकेयरलाई बदल्न खोज्दैछन् । तर यसमा उनी सफल देखिएका छैनन् । यी सबै कुराले उनको तनाव बढाउँदै गएको बताइन्छ ।
यता कतिपय सञ्चारमाध्यमले अमेरिकी सिनेट ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारीमा जुटेको बताएका छन् । समाचारअनुसार हाउस अफ रिप्रेजेन्टिभका केही सदस्यहरूले यसको तयारी गरिरहेका छन् । ट्रम्पको रिपब्लिकन पार्टीभित्रै यसबारेमा दुई गुट बनेको बताइन्छ । रुससँग ट्रम्पको सम्बन्धको समाचार आइरहेका बेला रिपब्लिकन पार्टी ट्रम्पलाई हटाएर भए पनि पार्टीलाई बचाउने निष्कर्षमा पुगन लागेको बताइन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०७४  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC