site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

वासिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको राजधानी काबुलमा भएको भीषण बम आक्रमणको निन्दा गरेको ह्वाइट हाउसद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । 

कैयौं कूटनितिक प्रतिनिधिहरुको कार्यालय भएको जानबाक स्क्वायरमा बुधबार बिहान ८ः२५ मा भएको यस आक्रमणमा परी ८० जनाभन्दा बढीको मृत्यु भएको थियो भने, ३५० भन्दा बढी घाइते भएका थिए । 

ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिका अनुसार अफगानिस्तानमा रहेको अमेरिकी दूतावासमार्फत् अफगानिस्तानलाई आवश्यक सहयोगका लागि अमेरिका प्रयासरत रहेको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार मध्य काबुलमा भएको शक्तिशाली बम विस्फोटनका कारण कुटनीतिक नियोगका कार्यालयहरु, राष्ट्रपति कार्यालयलगायतका महत्वपूर्ण स्थानहरु प्रभावित भएका थिए । 

यसैबीच, अफगान राष्ट्रिय सुरक्षा निर्देशनालय र गुप्तचर निकायले बुधबार संयुृक्तरुपमा प्रकाशित विज्ञप्तिमा यस आक्रमणमा हक्कानी नेटवर्कको हात रहेको दाबी गरेका छन् । 

Global Ime bank

गृह मन्त्रालय प्रवक्ता सेद्धिक सेद्धिकीले आफ्नो ट्वीटरमार्फत यस्तो दाबी गरिएको समाचार पोष्ट गर्नुभएको भएता पनि हक्कानी नेटवर्कको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

आतङ्ककारी समूहसँगआवद्ध हक्कानी समूह अफगानिस्तानको पूर्वी प्रान्तहरु र राजधानी काबुलमा ठूलठूला आक्रमणको जिम्मेवार रहेको छ । 

आक्रमणमा परी ८० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएपनि अझै केही व्यक्ति हराइरहेका छन् । गृह मन्त्रालयले चार जना प्रहरी नै हराइरहेको बताएको छ । 

त्यसैगरी इरानी एक सञ्चार माध्यमले विस्फोटनका कारण आफ्ना एक जना सम्वाददाता अझै हराइरहेको जनाएको छ । 

घाइतेहरु मध्ये केहीको अवस्था अत्यन्त चिन्ताजक रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सरकारी अधिकारीको अनुमान रहेको छ । रासस/सिन्ह्वा 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०७४  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC