site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काबुृल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार भएको भीषण ट्रकबम आक्रमणको कारण काबुल बिहीबार अत्यन्त भयभीत भएको छ । सन् २००१ यता भएका कैयौँ भयानक आक्रमणभन्दा पनि भीषण रुपबाट भएको यस आक्रमणको कारण बिहीबार काबुल भयभीत भएको बताइएको छ । 

स्थानीय बासिन्दाहरु आफ्ना आफन्तको शवको अन्तिम संस्कारमा लागेका छन् भने सर्वसाधारण जनताको सुरक्षाका लागि सरकार असफल भएको अवस्था देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । कैयौँ कूटनीतिक प्रतिनिधिको कार्यालय भएको जानबाक स्क्वायरमा बुधबार बिहान ८ः२५ मा भएको यस ट्रक बम आक्रमणमा परी कम्तीमा ९० जना मृत्यु भएको थियो । 

यस आक्रमणमा परी विदेशीलयगात सयौँको सङ्ख्यामा सर्वसाधारण घाइते भएका थिए । ‘हाम्रो देशमा कतिजेल यो रक्तपात सहिरहनु पर्ने हो’ एक स्नाथीयबासीले स्थानीय समाचार च्यानल टोलोलाई साधेका छन् । 

Global Ime bank

‘मैले यस विस्फोटमा आफ्ना भाइलाई गुमाएको छु, सरकार लगाताररुपमा सर्वसाधारणको सुरक्षा गर्न असफल भएको छ’, उनले भनेका थिए । 

यस आक्रमणमा घाइते भएका चार सयभन्दा बढीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको र आफ्ना आफन्तको स्वास्थ्यस्थिति बुझ्नको लागि अस्पताल परिसरमा सर्वसाधारणको लाम लागेको छ । यस आक्रमणमा परी बेपत्ता भएका आफ्ना आफन्तको खोजी कार्य के भएको छ सो समाचारको लागि पनि आफन्तजनको सम्बन्धित स्थलमा भीड लागेको समाचारमा जनाइएको छ । 

मुसलमानहरुको महान पर्व रमजानको महिनामा नै भएको यस भीषण आक्रमणको विश्वका कैयौ नेता र विश्व समूदायले कडा निन्दा गरेको छ । रासस/एएफपी 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०७४  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC