site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
योगी आदित्यनाथ अयोध्यातिर !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दुई महिना पहिले शपथग्रहण गर्ने बेला सबैले सोचेका थिए र झन्डै निश्चितजस्तै भैसकेको थियो, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भगवान् रामचन्द्रको दर्शन गर्न अयोध्या जानेछन् । तर त्यतिखेर उक्त कार्यक्रमलाई स्थगित गरियो र आज बुधबार योगी त्यसतर्फ जाँदैछन् । 
बीबीसीका लागि समीरात्मज मिश्रले लखनऊबाट लेखेको रिपोर्टमा भनिएको छ, योगी अयोध्यामा झन्डै नौ घन्टा बस्नेछन् र त्यहाँ भगवान् रामभद्रको दर्शनका साथै पार्टीका पदाधिकारीहरूसँग छलफलसमेत गर्नेछन् । यसबाहेक उनी महन्त नृत्य गोपालदासको जन्मोत्सव कार्यक्रममा समेत सहभागी हुनेछन् ।
अयोध्यामा योगी रामजन्मभूमि र हनुमान्गढीसमेत पुग्नेछन्, जसको राजनीतिक निहितार्थ निकाल्न खोजिँदैछ । 
योगीको यात्राको एक दिनअघि मात्रै अयोध्यामा बाबरी मस्जिद भत्काएको आरोपमा सीबीआईको अदालतले भाजपाका कतिपय वरिष्ठ नेताहरूसहित १२ व्यक्तिहरूविरुद्ध आपराधिक षड्यन्त्रको मुद्दा चलाउने स्वीकृति दिएको थियो । 
मंगलबार सीबीआईको अदालतमा हाजिर हुन आएका भाजपाका वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी र मुरली मनोहर जोशीले लखनऊमा योगीसँग भेटेका थिए ।
मुद्दाको सुनुवाइको तारिख पहिले नै निर्धारित थियो तर योगीको अयोध्या जाने कार्यक्रम पछि तय भयो । यो सन्दर्भलाई लिएर विभिन्न अड्कलबाजीहरू गरिएका छन् ।
वरिष्ठ पत्रकार योगेश मिश्र भन्छन्, ‘‘चाहे संयोग होस् वा जानी–बुझीकन बनाइएको कार्यक्रम होस्, योगीको यो यात्रामार्फत भाजपाले के सन्देश दिन चाहन्छ भने राममन्दिरको मुद्दा उसले छोडेको छैन र ऊ आफ्नो एजेन्डामा अटल छ ।’’
बीबीसीका अनुसार मंगलबार लखनऊमा सीबीआईको अदालतमा हाजिर हुन आएका पूर्वसांसद रामविलास वेदान्ती, विनय कटियार र उमा भारती आदि नेताहरूको कुराकानी सुन्दा योगी आदित्यनाथको अयोध्यायात्रा कुनै खास उद्देश्यबाट प्रेरित रहेको अड्कल गर्न सकिन्छ । कतिपयले योगी आदित्यनाथले अयोध्याबाटै उपचुनाव लड्न सक्ने अड्कल पनि गरेका छन् ।
योगीले अयोध्याका लागि आफ्नो यात्राभन्दा पहिले नै विकास र पर्यटनसँग सम्बन्धित थुप्रै घोषणाहरू गरिसकेका छन् । तर अरू कुरा भन्दा अहिले सबैको ध्यान योगीले राममन्दिरबारे के भन्छन् भन्ने कुरामै  छ । राममन्दिरका बारेमा चुनावअघि योगी स्वयं पनि निकै मुखर बन्ने गरेका थिए । 
तर वरिष्ठ पत्रकार योगेश मिश्रलाई उद्धृत गर्दै बीबीसीमा लेखिएअनुसार, योगीले मन्दिर निर्माणसँग सम्बन्धित कुनै घोषणा गर्ने सम्भावना तत्काल देखिँदैन । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०७४  ०३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC