site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उत्तर कोरियालाई जवाफ दिन अमेरिकाद्वारा मिसाइलभेदी परीक्षण
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अमेरिकी सेनाले अमेरिकालाई लक्ष्य बनाएर हानिने अन्तर–महाद्वीपीय ब्यालेस्टिक मिसाइललाई बेकम्मा बनाउनका लागि एउटा मिसाइलभेदी परीक्षण गरेको जनाएको छ ।
अमेरिकाको रक्षाविभाग पेन्टागनका अनुसार, यसको योजना धेरै पहिलेदेखि बनेको थियो, तर परीक्षण चाहिँ यतिखेर गरियो । अहिले अमेरिकाको उत्तर कोरियासँग तनाव बढिरहेको छ र कतिपयले यी दुबै देशबीच युद्धको सम्भावना समेत रहेको बताउँदै छन् । 
बीबीसीका अनुसार उत्तर कोरियाले बेलाबेला दिने गरेका आक्रामक चेतावनीहरूका कारण अमेरिका चिन्तित छ । उत्तर कोरियाले यस वर्ष नौवटा मिसाइल परीक्षण गरेको छ । पछिल्लो पटक तीन हप्तामा लगातार तीनवटा परीक्षण गरेको उत्तर कोरिया युद्धका लागि तयारजस्तै देखिएको छ । संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि सबै प्रकारका परमाणु कार्यक्रम र मिसाइल परीक्षणहरूमाथि प्रतिबन्ध लगाएको भए पनि उसले सुनेको नसुन्यै गरिरहेको छ । अमेरिका मात्रै नभएर उत्तर कोरियाका गतिविधिबाट जापान र दक्षिण कोरियासमेत चिन्तित बनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई सम्झाउनका लागि चीनमाथि पटक पटक दबाब दिँदै आएका छन् । 
अमेरिकाको पछिल्लो मिसाइल परीक्षणलाई यी सबै परिस्थितिसँग जोडेर हेरिएको छ । अमेरिकाको मिसाइल डिफेन्स एजेन्सी (एमडीए) ले भनेको छ, क्यालिफोर्नियाको एक सैन्य हवाइ अड्डाबाट एक इन्टरसेप्टर छोडियो, जसले प्रशान्त महासागर माथि एक नक्कली मिसाइललाई निस्तेज बनायो । सो मिसाइल मार्सल आइल्यान्डबाट छोडिएको थियो । 
अमेरिकी सेनाले यो अभियानलाई कोसेढुंगा भनेको छ । एमडीएका निर्देशक भाइस एडमिरल जिम सिरिंगले भनेका छन्, ‘‘यो परीक्षणले के कुरा देखाउँछ भने हामीसँग कुनै वास्तविक खतरा रोक्नका लागि योग्य र भरोसा गर्नलायक हतियार विद्यमान छन् ।’’
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०७४  ०२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC