site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लन्डन, १७ जेठ । हसन रुहानी इरानी राष्ट्रपति पदको निर्वाचनमा अत्यधिक मतले पुनः विजयी हुनुभएको छ र उहाँले काम गर्नुपर्ने व्यक्ति भनेको प्रतिद्वन्द्वीको रूपमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहनुभएको बुझिन्छ । इरानको पारमारणविक महत्वाकाङ्क्षालाई हाल अवरुद्ध बनाउने सन् २०१५ को अन्तर्राष्ट्रिय सम्झौता नै उहाँहरूबीचको सम्बन्ध भन्ने बुभिन्छ । 

इरानी पारमाणविक सम्झौता अमेरिका तथा पूर्व क्रान्तिकारी इरानबीच दशकौँ लामो अवधिसम्मका दोहोरी, धकेलाधकेल, अघि बढ्दै र पछि हट्दै गरिएका पाइलाका चरमबिन्दु हो । अमेरिकी राष्ट्रपति जिमी कार्टरको प्रशासनका समयमा इरानमा शाहको पतन हुँदा दुई पक्ष निराशाजनक रूपमा विभाजित भए र अमेरिकी दूतावासका कर्मचारीलाई एक वर्षभन्दा बढी अवधि बन्धक बनाइयो । 

अमेरिकी राष्ट्रपति रोनल्ड रिगन तथा उहाँका उपराष्ट्रपति तथा प्रतिस्थापक जर्ज एच. डब्लु बुसका समयमा इरान–कोन्ट्रा काण्डका कारण परिस्थिति अझै जटिल बन्यो । इरानलाई हतियार बिक्री गर्न प्रतिबन्ध लगाइए पनि यस काण्डमा रिगन प्रशासनका अधिकारीहरूले सन् १९८५ देखि १९८७ सम्म इरानलाई हतियार बेच्न गोप्य रूपमा सहयोग गरे । यसको नतिजाको रूपमा तुलनात्मक रूपमा नरमपन्थी राष्ट्रपति हासेमी रफसनजानीले सन् १९८९ मा शासन लिएपछि इराकसँगको युद्ध अन्त्य भयो र अमेरिकालाई सल्लाह दिए झैँ राष्ट्रपति बुसको हात बाँधिएको जस्तो भयो । 

इराकसँग युद्ध अन्य भएपछि प्रगति गर्न सजिलो हुँदा रफसनजानीले इरानको पारमाणविक कार्यक्रम पुनः आरम्भ गर्नुभयो । वास्तवमा सन् १९८९ को जुनमा सर्वोच्च नेता आयातोल्लाह रुहल्लाह खोमिनीलाई प्रतिस्थापन गरेपछि कट्टरपन्थी आयातोल्लाह अली खामेनीले अमेरिकासँगको सम्बन्धलाई करिब पूर्ण रूपमा अवरुद्ध गर्दै मुलुकलाई त्यस दिशातर्फ अगाडि बढाउनुभएको थियो । राष्ट्रपति बिल क्लिन्टनको बढी लचक प्रशासनको समस्या समाधान गर्ने प्रयासलाई निरन्तर रूपमा अस्वीकार गरियो । 

यसपछि परिस्थिति परिवर्तन भए । नरमपन्थी राष्ट्रपति मोहमद खतामीले सन् १९९७ मा पदभार लिएपछि अमेरिका बढी कठोर दिर्शातर्फ अगाडि बढ्यो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतङ्कवादीको आक्रमणपछि राष्ट्रपति जर्ज डब्लु बुसले इरान ‘‘पापको आधार’’को एक भाग भएको भनि भत्र्सना गर्नुभयो । त्यो भन्दा पनि सन् २००३ मा बुस अन्तर्गत रहेको अमेरिकाले इराकमाथि आक्रमण गरि इरानलाई पश्चिमतिर विस्तार गर्न सबैभन्दा ठूलो अवसर दियो । सन् २००५ मा इरानी क्षेत्रीय नेतृत्वको पुनरावृत्त सपनाले राष्ट्रपति महमुद अहमदिनेजादलाई शासनमा पु¥याउन सहयोग ग¥यो र उहाँले पारमाणविक कार्यक्रमलाई जोशका साथ अगाडि बढाउनुभयो । 

सन् २०१३ मा अहमदिनेजादलाई रुहानीले प्रतिस्थापन गर्नुभयो । अमेरिकामा राष्ट्रपति बराक ओबामा शासनमा हुनुहुँदा केही पाइला अगाडि बढ्ने परिस्थिति राम्रो थियो । दुई वर्षसम्मको मन्द वार्तापछि विस्तारै आर्थिक प्रतिबन्ध हटाउन इरानको पारमाणविक कार्यक्रम रोक्ने सम्झौता भयो । 

प्रतिपक्षले यस सम्झौतामा प्राविधिक समस्या रहेको र इरानलाई पारमाणविक हतियारको क्षमता विकास गर्ने काम गर्न नदिन यसले नसक्ने तर्क राखेका छन् । इरानले उक्त सम्झौता पालना गरेको छ कि छैन भनि परिक्षण गर्ने अधिकार पाएको संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) भने यस सम्झौतामा सहमत भएको थियो र त्यसलाई समर्थन जनाएको थियो । 

यसो भए पनि ट्रम्पले यस सम्झौतालाई खारेज गर्ने दृढता व्यक्त गर्नुभएको छ र उहाँका सल्लाहकारहरूले समर्थनको प्रक्रियामा उब्जेका तर्कहरूलाई नै उल्लेख गरिरहेका छन् । इजरायली प्रधानमन्त्री बिन्जमिन नेतन्याहुका सरकार तथा उसका समर्थकहरू बाहेक अन्य कसैले पनि यस पाइलालाई समर्थन गर्दैनन् । 

वास्तवमा इरान पारमाणविक क्षमता प्राप्त गर्न निरन्तर रूपमा अगाडि बढ्नेछ भने अपेक्षाले पारमाणविक अप्रसारणको सम्पूर्ण तर्क र अनुभवलाई ध्यान दिँदैन । आईएईएका निरीक्षकहरू हालसम्म प्रभावकारी तथा सही भएको प्रमाणित भए पनि उनीहरूलाई मुर्ख बनाउन सकिन्छ र सुरक्षित विश्वका लागि अभिरुचिमा साझेदारी भएन भने यस विषयमा प्रयास नगर्न मुलुकहरूलाई महत्वपूर्ण अभिप्रेरणा प्राप्त हुन्छ । 

जर्मनी र जापान जस्ता मुलुकसँग केही महिनामै पारमाणविक हतियारको क्षमता प्राप्त गर्ने आर्थिक तथा प्राविधिक क्षमता छन् । दर्जनौँ अन्य मुलुकले केही वर्षमै त्यो क्षमता प्राप्त गर्नसक्छन् । दक्षिण अफ्रिकादेखि अर्जेन्टिनासम्मका मुलुक तथा लिबियाले पनि पारमाणविक हतियार अप्रसारण सन्धि (एनपीटी) मा हस्ताक्षर गरि यस्तो पाइला नलिने सङ्केत दिएका छन् । उत्तर कोरियाले अन्तर्राष्ट्रिय दबाबप्रति समर्पण गर्न अस्वीकार गरेको छ र विश्वसमाजच्युतको रूपमा उसले ठूलो मूल्य तिरेको छ र आर्थिक प्रतिबन्धको पीडा भोगेको छ । 

सम्झौतालाई सम्मान गरेसम्म मात्र आर्थिक प्रतिबन्ध खुकुलो हुने भएकाले इरानका लागि यो सम्भावित अभिप्रेरणा बनेको छ । यसो भए पनि हालसम्म इरानले वास्तवमै आफ्नो बचन पालना गरेको छ तर जनवरीमा उसले मध्यमदुरीको ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण गरेजस्तै उसका नेताहरूमा यो सीमालाई धकेल्ने प्रवृत्ति रहेको छ । 

अमेरिकाले एकपक्षीय रूपमा यो सन्धिलाई खारेज गर्ने काम सजिलो छैन । जे भए पनि असामान्य रूपमा चीन र रसिया समेत प्रमुख छ शक्ति संलग्न भएको वार्ताको नतिजाको रूपमा यो सम्झौता रहेको छ । फ्रान्स, जर्मनी तथा बेलायत अमेरिकाका प्रमुख युरोपेली मित्रराष्ट्र हुन् र उनीहरूले पनि यसमा भाग लिएका छन् तथा राम्रो कारण नभएसम्म पुनः प्रतिबन्ध लगाउने सम्भावना छैन । अन्य अरब मुलुकको प्रतिनिधित्व गर्दै साउदी अरेबियाले पनि यस सम्झौतामा असन्तोषबीच पनि पनि यसलाई समर्थन जनाएको छ । अमेरिकी संसदले आरम्भमा यसको विरोध गरे पनि मुख्य रूपमा यसलाई समर्थन गरेको छ । 

यस मुद्दामा बाँकी विश्वले पूर्णता भनेको राम्रोभन्दा फरक कुरा हो भन्ने कुरा बुझेको देखिएको छ । यो सम्झौता समग्रमा राम्रो कुरा हो भन्ने कुरामा गल्ती गर्नु हुँदैन । यो भत्कदा विश्वको सबैभन्दा अस्थिर क्षेत्रमा पारमाणविक हतियारको दौड आरम्भ हुनेछ । 

इरानको सबैभन्दा प्रमुख शत्रु साउदी अरेबियाले पर्याप्त पेट्रोडलर तथा पाकिस्तानी जानकारी प्रयोग गरी पारमाणविक क्षमता प्राप्त गर्न छिटो प्रयास गर्नेछ । अन्य मुलुक टर्की, कुवेत, इजिप्ट तथा अरेबिया पनि पछि पर्ने छैनन् । यी मुलुकले यस्ता हतियार प्राप्त गरे पनि यो जिम्मेवारीको अर्थमा ठूलो जोखिमको जुवा हुनेछ । 

पारमाणविक सम्झौताबाट हट्ने अमेरिकाको चुनौतीका साथमा इरानमा अनिश्चितता देखिएको छ । इरानको नरमन्थी शक्तिको संरक्षक रफसनजानीको जनवरीमा देहावसान हुँदा अन्त्येष्टिको समयमा यो इस्लामिक गणतन्त्रको इतिहासमा सबैभन्दा ठूला प्रदर्शनमध्ये एक देखा परेको थियो । प्रौढ खामेनी क्यान्सरबाट पीडित हुनुहुन्छ र नयाँ सर्वोच्च नेता छनौटको सङ्घर्ष निकै पर छैन । 

रिभलुसनरी गार्ड, कुद्स फोर्स तथा इरानी लडाकूका नेताहरू शक्तिमा आउन इच्छुक छन् र नरमपन्थी खतामी तथा रुहानीको समूहको दबाब सङ्कटमा छ । अर्थतन्त्र निकै कमजोर भएको अवस्थामा प्रतिबन्ध पुन आरम्भ हुँदा कट्टरपन्थीलाई शक्ति दिनेछ । 

छोटकरीमा भन्दा यो विश्वले इरानी पारमाणविक सम्झौता तोडिने कुरा सहन गर्न सक्दैन । यदि ट्रम्पले इरानसँग पुरानो दोहोरी आरम्भ गर्ने प्रयास गर्नुभयो भने त्यसको नतिजा मृत्युको नृत्य हुनसक्छ । 

(रबर्ट हार्भी बेलायती हाउस अफ कमन्सको परराष्ट्र मामिला समितिका पूर्व सदस्य हुनुहुन्छ, उहाँ ‘ग्लोबल डिसअडर’ तथा ‘अ फ्यु ब्लडी नोजिज ः द रियालिटी एन्ड माइथलजिल अफ दी अमेरिकन रिभलुसन’ का लेखक हुनुहन्छ । रासस/प्रोजेक्ट सिन्डिकेट 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०७४  ०३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC