काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको कुटनैतिक निकाय रहेका क्षेत्रमा भएको विस्फोटमा करिब ५० जनाको मृत्यु भएको छ । बुधवार भएको आक्रमणमा करिब ३ सय २० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
काबुलको कुटनैतिक क्षेत्रमा रहेको जनवाक स्क्वायर नजिकै रहेको जर्मन दूतावास नजिकै भएको उक्त विस्फोटमा मृत्यु र घाइते हुने अधिकांश सर्वसाधारण रहेका छन् । अधिकारीहरुले उक्त विस्फोटमा कार प्रयोग गरिएको र विस्फोटका कारण वरिपरि रहेका भवनको सिसा र ढोकामा क्षति पुगेको जनाएका छन् ।
विस्फोटका कारण जर्मन दूतावास नजिकै रहेको भारतीय दूतावासलमा पनि क्षति पुगेको भारतीय समाचार संस्था ए.एन.आईले जनाएको छ ।
विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले पनि नलिएको भए पनि तालिवान वा इस्लामिक स्टेटको हात रहेको अनुमान गरिएको छ ।