site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बंगालादेशमा ‘मोरा’ तूफानको ताण्डव
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बंगालादेशमा ‘मोरा’ नामको आँधीबेहरीमा परी कम्तीमा ६ व्यक्तिको निधन भएको छ भने ५० हजारभन्दा बढी घर तहसनहस भएका छन् । बंगालादेशका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार अधिकांश व्यक्तिहरूको मृत्यु रुख ढल्दा त्यसैमा च्यापिएर भएको छ । 
समाचारअनुसार लाखौं व्यक्तिहरूलाई प्रभावित इलाकाबाट सुरक्षित ठाउँमा सारिएको छ । उक्त आँधीबेहरी बंगालादेशको दक्षिणपूर्वी तट चटगाउँ र कोक्स बजारको बीचमा ठक्कर खाएको थियो । त्यहाँ यसको गति ११७ किलोमिटर प्रतिघन्टा थियो । तर अहिले यसको प्रभाव कमजोर हुँदै गएको छ । 
तूफानले छिमेकी मुलुक म्यान्मारबाट आएका रोहिंग्या मुसलमानहरूको शरणार्थी शिविरमा ठूलो क्षति पुर्याएको छ । रोहिंग्या नेता अब्दुस सलामले एएफपीलाई बताएअनुसार शिविरका झन्डै २० हजार अस्थायी घर क्षतिग्रस्त बनेका छन् ।
उक्त समुद्री तूफान श्रीलंकामा ठूलो पानी परेकाले उत्पन्न भएको बताइन्छ । श्रीलंकामा भर्खरै मात्र विगत १४ वर्षयताको इतिहासमा सबैभन्दा ठूलो पानी पर्यो । त्यहाँ वर्षा र भूस्खलनले गर्दा कम्तीमा १८० जनाको मृत्यु भएको छ र अझै १०० भन्दा बढी मान्छे हराइरहेका छन् । घटनाबाट पाँच लाख व्यक्तिहरू प्रत्यक्ष प्रभावित भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०७४  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC