site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
केरलको बीफ विवादले भारतीय कांग्रेसमा चिन्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । केरलमा आयोजित कथित ‘बीफ फेस्टिबल’ बारे सुरु भएको विवादपछि भारतीय कांग्रेस आफ्नो छविलाई लिएर चिन्तित देखिएको छ । बीबीसीमा प्रकाशित वात्सल्य रायको रिपोर्टका अनुसार कांग्रेसका नेताहरूले समेत यो घटनाले आफ्नो पार्टीको छविलाई प्रभावित पार्न सक्ने आकलन गरेका छन् । कांग्रेस नेता शकील अहमदले बीबीसीसँग भनेका छन्, ‘‘यस्ता घटनाले गलत सन्देश दिन्छन् र पार्टीलाई हानि हुन्छ ।’’
भएको के  थियो ?
केही दिन पहिले भारत सरकारले पशुहरूप्रति हुने क्रूरताको निवारण गर्ने अधिनियमको एक धारालाई परिवर्तन गरेको थियो । यसपछि जुन चौपायाहरूलाई बजारबाट खरिद गरिन्छ, तिनलाई मार्न पाइँदैन । यो नियमको दक्षिण भारतमा व्यापक विरोध भैरहेको छ । यसैअन्तर्गत केरलमा युवक कांग्रेसका केही नेताहरूले बीफ फेस्टिबलको आयोजना गरे । यससँग जोडिएको एउटा भिडियो बाहिर आएपछि विवाद सुरु भयो । ‘बीफ फेस्टिबल’ भिडियो बाहिर आउँदाबित्तिकै भाजपा आक्रामक बन्यो र कांग्रेस रक्षात्मक देखिन पुग्यो ।
भिडियोमा केरल कांग्रेसका केही नेताहरूले खुलेयाम गाईको एउटा बाच्छालाई मार्न लागेको देखिन्छ । भारतीय जनता पार्टीका एक जना प्रवक्ताले यसबाट हिन्दूहरूलाई भड्काउने काम भएको बताए । विवाद बढ्न लागेपछि ट्विटरमा कांग्रेस उपाध्यक्ष राहुल गान्धीको प्रतिक्रिया आयो । उनले घटनाको निन्दा गरे र कांग्रेसले भिडियोमा देखिएका नेताहरूको सदस्यता निलम्बित गर्यो । यद्यपि भारतीय जनता पार्टीले यो मुद्दालाई जसरी उठायो, कांग्रेसका नेताहरूले त्यसमाथि प्रश्न उठाइरहेका छन् । भाजपाले यो मुद्दामा समाजलाई विभाजन गर्न खोजेको कांग्रेसको आरोप छ । 
तर विश्लेषकहरूका अनुसार केरल मुद्दाले कांग्रेसलाई निकै अप्ठ्यारो परेको छ । उसले गोहत्याराहरूलाई संरक्षण गरिरहेको छ र उसको मूल मानसिकता हिन्दू संस्कृतिविरोधी छ भन्ने कुरा यो घटनाबाट साबित हुने र यसलाई मेटाउन कांग्रेसलाई निकै गाह्रो पर्ने उनीहरूको धारणा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०७४  ०३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC