विदेश
काठमाडौं । बंगलादेशको दक्षिण पूर्वी तटीय क्षेत्रमा आएको मोरा आंधीमा परि ५ जनाको मृत्यु भएको छ । मंगलवार सांझसम्म ५ जनाले ज्यान गुमाएको भएपनि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानिय अधिकारीहरुले जनाएका छन् ।
१ सय १७ किलोमिटर प्रति घण्टाको गतिमा आएको आंधीले रुख ढाल्दा किचिएर ५ जनाको मृत्यु भएको कक्स जिल्लाको बजार र रंगमतिका अधिकारीहरुले बिबिसीलाई बताएका हुन् । आंधीका कारण दक्षिण–पूर्वी समुद्री क्षेत्रमा १ दशमलव २ देखि १ दशमलव ५ मिटर (४ देखि ५ मिटर) अग्लो छाल उठेको जनाइएको छ ।
आंधीका कारण सयौं घर क्षतिग्रस्त हुनुका साथै म्यानमारबाट बंगलादेशमा शरण लिन आएका रोहिंगा मुसलमान बसेको शरणार्थी शिविर पनि भत्किएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०७४ ०१:०२
प्रतिक्रिया दिनुहोस्