site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

स्विट्जरल्यान्ड। मध्य अफ्रिकामा विभिन्न विद्रोही समूहबीच भएको झडपपछि करिब एक महिनाको समयमा ९० हजार मानिस विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी मामिला हेर्ने संस्था यूएनएचसीआरले मङ्गलबार जनाएको छ । 

यूएनएचसीआरको जेनेभास्थित कार्यालयले विस्थापितमध्ये करिब ६८ हजार स्वदेशमै विभिन्न स्थानमा विस्थापित भएका छन् भने २० हजारभन्दा बढी कङ्गोमा पुगेको बताइएको छ । 

Agni Group

मध्य अफ्रिकी गणतन्त्रमा विस्थापितमध्ये कैयौँ मानिस खुल्ला आकाशमुनि रात बिताउन बाध्य छन् भने केहीले आफन्त कहाँ शरण लिएका छन् भने केही अस्थायी शिविर बनाएर बस्दै आएका छन् । 

पछिल्ला केही हप्ता यता अफ्रिकी गणतन्त्रका विभिन्न ९प्रिफेक्चर० क्षेत्र तथा स्थानहरुमा स्थानीय समुदायबीच भएका द्वन्द्वका कारण विस्थापित बनेका हुन् । 

Global Ime bank

ब्राइया प्रिफेक्चरबाट मात्र करिब ४१ हजार अफ्रिकी जनता हिंसापछि घर छोडेर जीवन रक्षाका लागि विस्थापित भएका यूएनएचसीआरले जनाएको छ । 

यो समयमा सयौँको सङ्ख्यामा महिला, बालबालिका तथा बुढाबुढीको मृत्यु भएको छ । 

राष्ट्रसङ्घका प्रतिनिधिले दिएको जानकारी अनुसार सो क्षेत्रमा विस्थापित समुदायलाई खाद्यान्नलगायत अति आवश्यकीय मानवीय सामग्रीको समेत अभाव भएको जनाएका छन् । यूएनएचसीआरका अनुसार मध्य अफ्रिकामा करिब पाँच लाख नागरिक आन्तरिक रुपमा विस्थापित बनेका छन् । 

द्वन्द्वका कारण एक लाख दुई हजारमध्ये अफ्रिकी नागरिकले कङ्गोमा शरणार्थी जीवन बिताइरहेका छन् । रासस/सिन्ह्वा 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०७४  ०१:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC