काठमाडौं । अमेरिकी सिनेटर जोन मेक्केनले वैश्विक सुरक्षाका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) भन्दा पनि ठूलो खतरा बताउँदै सिनेटको अमेरिकी चुनावमा कथित हस्तक्षेप गरेका कारण मास्कोमाथि प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन् ।
अमेरिकामा सन् २००८ मा भएको राष्ट्रपति पदको चुनावमा रिपब्लिकन पार्टीबाट उमेदवार बनिसकेका सिनेटर जोन मेक्केनले अस्ट्रेलियाली समाचार संस्था ‘कार्प टेलिभिजन’ सँगको साक्षात्कारका क्रममा भने, ‘‘यद्यपि अहिलेसम्म रुसका तर्फबाट अमेरिकी चुनावलाई प्रभावित पार्न खोजेको कुनै प्रमाण पाइएको छैन । तर पनि उनीहरूले फ्रान्सको चुनावलगायत अन्य चुनावहरूलाई समेत प्रभावित गर्ने प्रयास गरिरहेका छन् ।’’
समाचार एजेन्सीहरूका अनुसार अमेरिकी सिनेटको आम्र्ड सर्भिसेज कमिटीका अध्यक्ष मेक्केनले भने, ‘‘मेरो विचारमा रुस हाम्रा लागि सबैभन्दा ठूलो चुनौती हो । त्यसैले हामीले रुसलाई उसको व्यवहारका कारण प्रतिबन्धित गर्नुपर्छ ।’’