विदेश
काठमाडौं । साइक्लोन (चक्रवाती तूफान) बङ्गालादेश पुगेको छ । ११७ कि.मि.प्रतिघन्टाको गतिले चलिरहेको यो तूफान मंगलबार बंगालादेशको तटीय क्षेत्रमा पुगेको दैनिक भास्करले जनाएको छ । बंगालादेश प्रशासनले तटीय क्षेत्रमा रहेका ३ लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित क्षेत्रमा सारेका छन् ।
यो तूफानको असर भारतका पूर्वोत्तर राज्यहरूमा समेत पर्न सक्ने समाचारमा उल्लेख छ । तूफानको प्रभावले मंगलबार भारतका पश्चिम बंगाल, असम, मेघालय, मणिपुर, उडिसा, नागाल्यान्ड, अरुणाचल प्रदेश र अण्डमान निकोबर द्वीप समूहमा ठूलो पानी पर्न सक्ने अनुमान लगाइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०७४ ११:४७
प्रतिक्रिया दिनुहोस्