site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आडवाणी, जोशी र भारतीविरुद्धको मुद्दामा आज फैसला
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशी र उमा भारती आज मंगलबार सीबीआईको विशेष अदालतमा हाजिर हुने भएका छन् । बाबरी मस्जिद भत्काएको आरोपमा उनीहरूविरुद्ध चलेको मुद्दामा आज उक्त अदालतले फैसला गर्दैछ । अदालतमा हाजिर हुन आडवाणी र जोशी दिल्लीबाट लखनऊतर्फ हिँडिसकेको दैनिक हिन्दूस्तानले जनाएको छ ।

वरिष्ठ भाजपा नेताहरूका अतिरिक्त सीबीआईका विशेष न्यायाधीश एस.के.यादवले भाजपा नेताहरू विनय कटियार, विश्व हिन्दू परिषद्का नेता विष्णुहरि डालमिया र साध्वी ऋतम्भरालाई अदालतमा व्यक्तिगत रूपमा पेस हुन भनेका छन् । अदालतले अब छुट या सुनुवाई स्थगित गर्ने कुनै आवेदन स्वीकार नगरिने बताएको छ । 

सीबीआईको अदालतले अयोध्यामा बाबरी मस्जिदको विवादित संरचना भत्काएको आरोपसँग जोडिएका दुई अलग–अलग मुद्दाको सुनुवाई गरिरहेको छ । महन्त नृत्य गोपाल दास, महन्त राम विलास वेदान्ती, वैकुण्ठलाल शर्मा अर्थात् प्रेमजी, चम्पत राय वंशल, महन्त धर्मदास र सतीश प्रधानलाई यसै मुद्दाका सन्दर्भमा बुधबार अदालत बोलाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०७४  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC