विदेश
काठमाडौं । भारतको विहारमा आइतबार आएको तीव्र आँधीहुरी र चट्याङ पर्नाले २७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उता राजस्थानको गंगानगरमा ४८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ ।
भारतीय मौसम विभागका अनुसार यस पटक मनसुन केरलबाट सुरु भएर उत्तरपूर्वतिर फैलिन सक्नेछ । बंगालको खाडीमा गहिरो दबाबको क्षेत्र निर्माण भैसकेको भारतीय मौसम विभागले जनाएको छ । समाचारअनुसार भारतको उत्तरपूर्वमा २९ या ३० तारिखमा पानी पर्न सक्छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०७४ १३:४२
प्रतिक्रिया दिनुहोस्