site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जर्मन चान्सलरलाई अमेरिका र बेलायतमाथि विश्वास छैन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिकाको राष्ट्रपतीय चुनावमा ट्रम्पको जित हुनु र बेलायतले ब्रेक्जिट निर्णय लिनुले यी दुबै मुलुकमाथि विश्वास गर्न नसकिने परिस्थिति देखिएको बताएकी छन् । उनले भनिन्, ‘‘म दुबै देशबाहेक रुससँग पनि मित्रता बढाउन चाहन्छु तर युरोप आफ्नो भाग्यका लागि आफै लड्नुपर्छ ।’’

मर्केलको यो टिप्पणी जलवायु समस्या समाधान गर्नका लागि भएको २०१५ को पेरिस सन्धिमाथि जी–७ बैठकमा मतभेद भएपछि बाहिर आएको हो । उनले इटालीको सिसलीमा दुई दिने बैठकमा भएको चर्चा निकै कठिन बनेको बताइन् । जी–७ बैठकमा अमेरिकाले समर्थन नगर्नाले पेरिस सन्धिको पालन गर्ने कुरामा साझा घोषणापत्र जारी हुन सकेन । पछि अमेरिकी राष्ट्रपति ट्रम्पले यसबारे आफूले पछि निर्णय गर्ने बताएका थिए । 

बीबीसीका अनुसार ट्रम्पले आफ्नो चुनावी अभियानका बेला आफूले जितेमा पेरिस सन्धि छोड्ने बताएका थिए । पेरिस सन्धि विश्वको पहिलो व्यापक जलवायु सम्झौता हो, जसले कार्बन उत्सर्जनमा कटौती गर्नका लागि विभिन्न देशहरू साथ–साथ हिँड्नुपर्ने अपेक्षा गर्छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०७४  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC