site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियाद्वारा फेरि अर्को मिसाइल परीक्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । जतिसुकै अन्तर्राष्ट्रिय दबाब परे पनि उत्तर कोरियाले एकपछि अर्को मिसाइल परीक्षण गरिरहेको छ । पछिल्लो पटक उसले फेरि अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गरेको र उक्त मिसाइल जापान सागरमा खसेको बीबीसीले जनाएको छ । यस पटकको परीक्षण उसले यस वर्षभित्र गरेको नवौं परीक्षण हो । 

यसअघि दुई हप्ता पहिले मात्र उत्तर कोरियाले मिसाइल परीक्षण गरेको थियो । उक्त मिसाइल अरूभन्दा भिन्न रहेको र यसले परमाणु हतियारलाई लैजान सक्ने बताइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

जापानका प्रधानमन्त्री शिन्जु आबेले हालै जी–७ शिखर सम्मेलनमा उत्तर कोरियाको परमाणु कार्यक्रममथि चिन्ता प्रकट गरेका थिए । उनले भनेका थिए, ‘‘उत्तर कोरियाले गरिरहेका उत्ताउला कामकारवाही रोक्नका लागि जापानले अन्य देशहरूसँग मिलेर काम गर्छ ।’’

केही समयअघि संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई मिसाइल परीक्षण नगर्न चेतावनी दिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत उत्तर कोरियाविरुद्ध कडा प्रतिबन्ध लगाउन आग्रह गरेका थिए । साथै ट्रम्पले उत्तर कोरियाविरुद्ध सैन्य कारवाही हुनसक्ने चेतावनी समेत दिएका थिए । तर जतिसुकै चेतावनी र प्रतिबन्ध थपिए पनि उत्तर कोरियाले आफ्नो पुरानो शैलीमा परिवर्तन ल्याउन खोजेको देखिँदैन ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०७४  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC