site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सैनिक जवानलाई बलात्कार गर्न प्रोत्साहन दिएको भन्दै फिलिपिन्सका राष्ट्रपतिको सर्वत्र आलोचना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले हाँसो ठट्टामा भनेको एउटा कुरा अहिले व्यापक आलोचनाको विषय बनेको छ । उनले मजाक गर्दै आफ्ना सैनिकहरूलाई बलात्कार गर्न छुट भएको र त्यसका लागि उनीहरू जेल जाने भए भने उक्त सजाय आफूले भोग्ने बताएका थिए । दुतेर्तेले उक्त कुरा मलावीको सैनिक आधार शिविरको यात्राका क्रममा भनेका थिए । उनी आइएसआइएस विरुद्ध सैनिकहरूलाई एकजुट गराउनका लागि त्यहाँ पुगेका थिए । मलावीमा गत मंगलबार मउते आतंकवादीहरूले हमला गरेका थिए, जसलाई आइएसआइएसको समर्थन छ । 
 बीबीसीका अनुसार, दुतेर्तेले सैनिकहरूलाई सम्बोधन गर्दै भनेका थिए, ‘‘सैनिक शासन र यसबाट उत्पन्न हुने परिणामका लागि केवल म जिम्मेवार छु । तिमीहरूले आफ्नो काम गर । यदि तिमीहरूले तीन जना महिलाहरूलाई बलात्कार नै गर्यौ भने पनि त्यो आरोप मैले शिरमा थापुँला र त्यसका लागि जन्मकैदसमेत भोगुँला ।’’
तर दुतेर्तेको यो भनाइले सामाजिक सञ्जालमा व्यापक आलोचना खप्नु परेको छ । अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनले ट्विट गर्दै भनेकी छन्, ‘‘ दुतेर्ते हत्यारा र ठग हो, जसको मानवअधिकारसँग कुनै सम्बन्ध छैन ।  वास्तवमा बलात्कार कदापि ठट्टा होइन ।’’
बीबीसीका अनुसार ट्विटरमा मानवाधिकार कार्यकर्ता फेलिम किनले भनेका छन्, ‘‘राष्ट्रपतिको यो टिप्पणी मजाकको एउटा घिनलाग्दो रूप हो, जसले सैनिकहरूलाई मार्सल लको आडमा अधिकारको दुरुपयोग गर्न सकिने सन्देश दिन्छ ।’’

गत मंगलबार मरावीमा आइएसआइएस समर्थक संगठनले आक्रमण गरेपछि एक्काईस जनाको मृत्यु भएको थियो । त्यसपछि मरावीसमेत देशका तीन चौथाई भागमा मार्शल ल लागु गरिएको छ । 
फिलिपिन्समा लागु औषध, हत्याहिंसा र आतंकवादको समस्या बढेर गएको छ र राष्ट्रपति दुतेर्तेले यसलाई नियन्त्रण गर्न भरमग्दुर प्रयास गरिरहेको बताइन्छ । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०७४  ०३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC