site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दिल्लीमा चुनावको चर्चा, को होला भारतको राष्ट्रपति ?
Sarbottam CementSarbottam Cement

भारतमा नयाँ राष्ट्रपतिका लागि चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक जोडघटाउको कसरत तीव्र भएको छ । वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल अबको झन्डै दुई महिनापछि जुलाई २४ मा समाप्त हुन लागेकोले राजनीतिक पार्टीहरूमाझ उक्त पद आफ्नो पोल्टामा पार्ने रस्साकस्सी बढेर गएको छ । एकातिर भाजपा समर्थित राष्ट्रिय जनतान्त्रिक (एनडीए) गठबन्धन र अर्कोतिर कांग्रेस समर्थित संयुक्त प्रगतिशील (युपीए) गठबन्धनबीच यो चुनावमा मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तर सबैतिरबाट शनिदशा लागेजस्तो देखिएको संयुक्त प्रगतिशील (युपीए) गठबन्धनका लागि राष्ट्रपति चुनावका सन्दर्भमा पछिल्लो पटक आइरहेका समाचारहरूले झनै अशुभ संकेत गरिरहेका छन् । 
गत १० मईमा वाइएसआर कांग्रेसका अध्यक्ष जगमोहन रेड्डीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर आगामी राष्ट्रपति चुनावमा आफ्नो पार्टीले भाजपा उमेदवारलाई समर्थन गर्ने बताएपछि युपीए गठबन्धनलाई थप अप्ठ्यारो परेको छ । आन्ध्रप्रदेशका नेता जगमोहन यद्यपि भ्रष्टाचार प्रकरणमा एक पटक जेल गैसकेका र बदनाम भैसकेका नेता हुन् । उनीसँग ८–९ जना मात्रै सांसद छन् । फेरि पनि राजनीतिक फाइदाका लागि उनको समर्थनलाई मोदीले उपयोग गर्न सक्ने सम्भावना छ । त्यसो त कतिपयले आन्ध्रप्रदेशमा भाजपाले समर्थन गरेको तेलगु देशम् पार्टीका मुख्यमन्त्री चन्द्रबाबु नायडु र जगमोहनबीच काटोछिँदो रहेकाले राष्ट्रपति चुनावमा जगमोहन भाजपातिर लागे भने चन्द्रबाबु विपक्षी खेमामा उभिने र भाजपालाई झन् अप्ठ्यारो पर्ने विश्लेषण पनि गरिरहेका छन् । यसअघि तेलांगनाको सत्तारूढ दल टीआरएस (तेलांगना राष्ट्रिय समिति) ले भाजपालाई सहयोग गर्ने कुरा बताइसकेको छ । अन्य क्षेत्रीय दलहरू आईएडीएमके र बीजेडीले कसलाई सहयोग गर्छन् अझै स्पष्ट भएको छैन । 

विपक्षी गठबन्धनको सक्रियता 
यो चुनावमा विपक्षी दलहरूका तर्फबाट संयुक्त उमेदवार चयन गर्न अहिले कांग्रेस अध्यक्ष सोनिया गान्धीको सक्रियता विशेषरूपमा बढेको छ । वर्तमान राष्ट्रपति प्रणव मुखर्जी कांग्रेस पार्टीकै भएकाले भावी राष्ट्रपतिको पद आफ्नो हातबाट नफुस्कियोस् भनेर कांग्रेसले चाहना राख्नु स्वाभाविकै हो । तर कांग्रेसका लागि परिस्थिति निकै चुनौतीपूर्ण छ । हालै कांग्रेस अध्यक्ष सोनिया गान्धीले विहारका मुख्यमन्त्री नीतीशकुमार, आरजेडीका प्रमुख लालूप्रसाद यादव र सीपीएमका महासचिव सीताराम येचुरीसँग भेटवार्ता गरेकी छन् । 
उमेदवारको नाममा भित्रभित्रै मन्थन गरिरहेका भए पनि कांग्रेसलगायतका विपक्षी दलहरू आफ्नो उमेदवारको नाम तत्काल घोषणा गरिहाल्ने मनस्थितिमा देखिँदैनन् । उनीहरू ‘पर्ख र हेर’ को रणनीतिमा छन् । उनीहरूले भाजपाको घोषणापछि मात्रै आफ्नो उमेदवारको नाम सार्वजनिक गर्ने रणनीति तय गरेको बताइन्छ । प्रधानमन्त्री मोदी र सरकारले राष्ट्रपति चुनावका लागि विपक्षीहरू सर्वसम्मति चाहँदैनन् भनेर आरोप लगाउन नपाऊन् भनेर उनीहरूले सत्तागठबन्धनले भन्दा पछि मात्रै आफ्नो उमेदवारको नाम सार्वजनिक गर्ने रणनीति बनाएको बुझिएको छ । विपक्षीहरूले भाजपाको मुख्य सहयोगी र एनडीए गठबन्धनको प्रभावशाली दल शिवसेनासँग समेत राष्ट्रपति चुनावका सन्दर्भमा भित्रभित्रै कुराकानी गरिरहेको र उसको भोट तान्ने कोसिस गरिरहेको चर्चा सुनिन्छ । 
त्यसो त युपीए र एनडीए दुबैले राष्ट्रपतिका लागि ‘आम सहमति’ बनाउन आफूहरू तयार रहेको बाठो प्रतिक्रिया पनि सार्वजनिक गरिरहेका छन् । तर त्यस्तो ‘आम सहमति’ असम्भव नै नभए पनि त्यति सजिलो नभएको विश्लेषकहरू बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia


कुन–कुन छन् राष्ट्रपतिका लागि चर्चित नाम ? 
राष्ट्रपति चुनावको चर्चा यसपटक सबभन्दा पहिले शिवसेनाले उठाएको हो । उसले झन्डै एक महिनाअघि मराठी कार्डका रूपमा राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतलाई राष्ट्रपतिको उमेदवारका रूपमा अगाडि सारेको थियो । तर भागवतले आफू सो पदका लागि इच्छुक नरहेको बताइसकेका छन् । पछिल्लो पटक भाजपाका सुब्रह्मण्य स्वामीले गुजरातका पूर्वमुख्यमन्त्री आनन्दीबेन पटेललाई राष्ट्रपति पदका सर्वश्रेष्ठ उमेदवार भन्दै उनको नाम चर्चामा ल्याएका छन् । यसबाहेक भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशी र महिला उमेदवारका रूपमा सुषमा स्वराजको नाम पनि चर्चामा छ । तर आडवाणी र जोशीमाथि बाबरी मस्जिद प्रकरणमा आपराधिक षड्यन्त्र गरेको आरोपमा सुनुवाइ भैरहेकोले उनीहरू उक्त पदको दौडबाट लगभग बाहिर परिसकेका छन् । आडवाणी बाहिरिएकाले विपक्षीहरूलाई अलिकति सजिलो भएको छ । कतैकतै योगगुरु रामदेवसमेत राष्ट्रपति पदका लागि इच्छुक रहेको रोचक समाचार पढ्न पाइन्छ ।
आन्ध्रप्रदेशबाट प्रकाशित हुने साक्षी समाचारपत्रका अनुसार, युपीए गठबन्धनले भावी राष्ट्रपतिका रूपमा पश्चिम बंगालका पूर्वराज्यपाल गोपालकृष्ण गान्धी र लोकसभाकी पूर्वअध्यक्ष मीराकुमारको नाम चर्चामा ल्याएको छ । गोपाल गान्धी महात्मा गान्धीको परिवारका हुन् । उनी गान्धीका सबैभन्दा कान्छा नाति हुन् र उनको पारिवारिक मूल गुजरातसँग सम्बन्धित छ । उनलाई उमेदवार बनाइयो भने प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुजरातको राजनीतिमा अप्ठ्यारो पर्न सक्ने विपक्षीहरूको विश्लेषण छ । गोपालकृष्णसँग पश्चिम बंगालको राज्यपालका रूपमा प्रशासनिक अनुभवका साथै विभिन्न देशमा कूटनीतिक सेवाको लामो अनुभव छ । उनी बौद्धिक विचारक र लेखकका रूपमा समेत परिचित छन् । 
 उता कांग्रेसभित्र दलित नेताका रूपमा लामो योगदान पुर्याएका जगजीवन रामकी छोरी मीराकुमार दलित एवं महिला भएकीले उनलाई समेत गठबन्धनका सबैको सहमति प्राप्त हुने ठानिएको छ ।
युपीए गठबन्धनबाट एनसीपीका नेता शरद पवार र जनता दल युनाइटेडका वरिष्ठ नेता शरद यादवको नाम पनि चर्चामा छ । शरद यादवले मंगलबार (९ मई) कांग्रेस अध्यक्ष सोनिया गान्धीसँग सायद यसै विषयमा लामो भेटवार्ता गरेका छन् । तर दुबै शरदको नाममा युपीएभित्रका सबैको सहमति प्राप्त हुने सम्भावना न्यून रहेको बताइन्छ । एनसीपी नेता शरद पवारलाई पछिल्लो चरणमा शिवसेनाले बोकेर हिँड्न सक्ने सम्भावना पनि देखिएको छ । विपक्षीहरूले भाजपाविरुद्ध ‘महागठबन्धन’ बनाउन खोजिरहेका छन् र त्यसको प्रारम्भ राष्ट्रपति चुनावबाट गर्न खोज्दैछन् । 

१७ दलको बैठक
राष्ट्रपति चुनावकै कुरालाई लिएर सोनिया गान्धीले गत शुक्रबार १७ विपक्षी दलको बैठक बोलाएकी थिइन् । तर सो बैठकमा विहारका मुख्यमन्त्री नीतीशकुमार उपस्थित नहुनु र अर्को दिन नरेन्द्र मोदीको निम्ता मान्न भोजमा सामेल हुनुले राजनीतिक वृत्तमा ठूलो तरंग पैदा भयो । यद्यपि नीतीशले आफू फरक प्रसंगमा भोजमा गएको र राष्ट्रपति चुनावका सन्दर्भमा विपक्षी गठबन्धनमा आफ्नो उपस्थिति यथावत् रहेको स्पष्ट पारिसकेका छन् ।   
उता उत्तर प्रदेशको चुनावमा राम्रो जित हासिल गरेकाले राष्ट्रपति चुनावका सन्दर्भमा समेत भाजपाको हौसला बढेको छ र उसले आफ्नै पार्टीभित्रको कुनै व्यक्तिलाई उमेदवार बनाउने मनस्थिति बनाएको देखिँदैछ । समाचारमा जनाइएअनुसार, राष्ट्रपति चुनावका लागि भाजपाले एनडीए गठबन्धन बाहिर रहेका लगभग सबै दलसँग पहिलो चरणको कुराकानी गरिसकेको छ । 
समग्रमा भारतको भावी राष्ट्रपति चुनाव तीव्र प्रतिस्पर्धायुक्त बन्ने संकेत दुई महिनाअघि नै देखिएको छ ।

Global Ime bank

चुनावी गणित
नवभारत टाइम्सका अनुसार, भाजपा र उसका सहयोगी दलहरूसँग राष्ट्रपति चुनावका लागि इलेक्टोरल कलेजमा झन्डै ५ लाख ३२ हजार भोटमूल्य छ । उक्त भोटमूल्य जितका लागि आवश्यक भोटमूल्यभन्दा १७,५०० ले कम छ ।
इलेक्टोरल कलेजमा ७७६ सांसद र देशभरिका ४१२० विधायक सामेल हुन्छन् । यीमध्ये हरेक भोटको एक निश्चित मूल्य हुन्छ । इलेक्टोरल कलेलजको कूल भोटमूल्य १०,९८,८८२ हुन्छ । हरेक सांसदको भोटमूल्य ७०८ हुन्छ, तर विधायकहरूको भोटमूल्य चाहिँ अलग–अलग हुन्छ, जुन सम्बन्धित राज्यको जनसंख्याको अनुपातमा हुन्छ । उत्तर प्रदेशका विधायकहरूको भोटमूल्य सबैभन्दा धेरै २०८ र सिक्किमका विधायकको भोटमूल्य सबैभन्दा कम ७ छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०७४  ०२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC