site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
मलेसियाबाट स्वदेश फर्किन चाहने सात हजारभन्दा बढी नेपालीको सूची सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । रोजगारीको लागि मलेसिया गएका र कोरोनाका कारण समस्यामा परेर स्वदेश फर्किन चाहने नेपालीहरुको सूची सार्वजनिक गरिएको छ । क्‍वालालम्पुरस्थित नेपाली दूतावासले सार्वजनिक गरेको सूची अनुसार सात हजार ३४१ जनाले घर फर्किनका लागि दूतावासका विवरण पेश गरेका छन् ।

यसअघि दूतावासले स्वदेश फर्किन चाहने नेपालीहरुको विभिन्‍न माध्यमबाट विवरण संकलन गर्दै आएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त सूचीमा नाम भएका व्यक्तिहरुले नेपाल फर्किनका नेपाल एयरलाइन्स वा हिमालय एयरलाइन्सको टिकट काउण्टरमा सम्पर्क गरी आफ्नो अनुकुल टिकट लिनसक्ने दूतावासले जनाएको छ । 

रोजगारी भिसामा मलेसियामा पुगेका नेलालीहरुले स्वदेश फर्किनको लागि आफू वैधानिक रुपमा रहेको सुनिश्चित गरी वैधानिक रुपमा बसेकाले मात्र टिकट लिन दूतावासले सुझाएको छ । 
 
रोजगारी भिसामा रहेका र भिसाको अवधि समाप्त भएका व्याक्तिहरु चेक आउट मेमो लिएर मात्र नेपाल फर्किन मिल्ने र रोजगारी भिसामा रही नेपाल फर्किनका लागि पहिले नै बनाएको चेक आउट मेमोको अवधि समाप्त भएको भए पनि नेपाल फर्किन मिल्ने जनाइएको छ ।

Global Ime bank

साथै भिसाको अवधि धेरै बाँकी रही बिदामा जानहरुले कम्पनीबाट बिदाको पत्र बनाएर मात्र नेपाल फर्किन पाउने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC