site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाह्रखरी कथाको नतिजा घोषणा सर्‍यो
Ghorahi CementGhorahi Cement

काठमाडौं । बाह्रखरी बुक्सको आयोजनामा गरिएको डिस होम बाह्रखरी कथा प्रतियोगिता २०७७ को घोषणा कार्यक्रम केही समय पर सरेको छ । 

मुलुकमा कोभिड–१९ वा कोरोना सङ्क्रमणको त्रास कायमै रहेका कारण प्रतियोगिता स्थगन गर्नुपरेको बाह्रखरी बुक्सले बताएको छ । पहिले कार्यक्रमको मिति वैशाख १२ गते तय गरिएको थियो । नयाँ घोषणा मिति महामारी संक्रमणको अवस्था अनुसार चाँडै सार्वजनिक गर्ने पनि बाह्रखरी बुक्सले बताएको छ ।

Agni Group

कथा प्रतियोगितामा प्रथम हुने कथाकारले एक लाख रुपैयाँ नगद, अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने कथाकारले क्रमशः ६० हजार रुपैयाँ र ४० हजार रुपैयाँका साथमा अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुनका लागि गत माघ ११ गतेदेखि फागुन १० सम्म एक महिना मिति तोकिएको थियो । 

 छानिएका उत्कृष्ट २५ कथाबाट प्रथम, द्वितीय, तृतीयबाहेक बाँकी २२ कथाकारलाई जनही ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट २५ कथा समेटिएको पुस्तक पनि घोषणा सभाको दिन लोकार्पण हुने बाह्रखरी बुक्सले जनाएको छ ।  बाह्रखरीले यस पटक निर्णायक कमिटीको घोषणासमेत पहिले नै गरेको थियो । कमिटीमा संयोजक वरिष्ठ पत्रकार तथा आख्यानकार नारायण वाग्ले रहेका छन् भने सदस्यमा आख्यानकारद्वय अमर न्यौपाने र बिना थिङ तामाङ रहेका छन् । 

Global Ime bank

गत वर्ष प्रकाशन भएको बाह्रखरी उत्कृष्ट कथा सङ्ग्रह २०७६ हिन्दी भाषामा पनि अनूदित भएको छ । विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा हिन्दी भाषामा ती कथा अनुवाद भएका थिए । डिस होम बाह्रखरी कथा प्रतियोगिता २०७७ को व्यावसायिक साझेदार सनराइज बैङ्क, हिमाल स्टिल, किया सेल्टोस, अजोड इन्स्योरेन्स, अर्घाखाँची सिमेन्ट र फ्याक्ट्स नेपाल रहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC