site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
एनसेल बाह्रखरी गल्फको विजेता टाशी छिरिङ, जिते गोल्डेन बल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेल बाह्रखरी गल्फ तेस्रो संस्करणको विजेता टाशी छिरिङ भएका छन् । छिरिङले उपाधिसँगै गोल्डेन बल जितेका छन् । 

उनले बाह्रखरी गल्फले सगरमाथा क्षेत्रमा आयोजना गरेको प्रतियोगिता निकै नौलो भएको बताए । हिमालयल क्षेत्रमा आयोजना गरिएको प्रतियोगिता आफैंमा चुनौतिपूर्ण भएको भन्दै यसले पर्यटन प्रद्र्धनमा सहयोग पुग्ने बताए । 

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले विजेता छिरिङलाई गोल्डेन बल, ट्रफीले सम्मान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले बाह्रखरीले आयोजना गरेको यो कार्यक्रमले नेपालको पर्यटन प्रबद्र्धनलाई सहयोग पुगेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“प्रतिकुल मौसमका बाबजुत पनि बाह्रखरीले कार्यक्रम सम्पन्न गर्न सफल भयो । प्रतियोगिता सम्पन्न गर्न सजिलो थिएन । जसका लागि बाह्रखरीले निकै मेहनत गर्नुपर्यो र मेहनत अनुसारको फल पनि प्राप्त भयो,” मन्त्री भट्टराइले भने, “विश्वको अग्लो स्थानमा गल्फ प्रतियोगिता गरेर नयाँ रेकर्ड राख्नुका साथै नेपालको पर्यटनलाई पनि अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्न सहयोग गरेको छ ।”

Global Ime bank

पहिलो टीएफ गर्ने खेलाडी विकाश राणाले आफ्नो लागि बाह्रखरी गल्फको तेस्रो संस्करणले आफूलाई अचम्मित तुल्याएको बताए । “मैलै टीएफमा पहिलो सहभागिता जनाएको थिएँ । योजना अनुसार नै कार्यक्रम सम्पन्न भएको थियो,” उनले भने, “अनेक समस्याका बाबजुत चुनौतीपूर्ण प्रतियोगिता सम्पन्न गर्नुभएकोमा बाह्रखरीलाई धन्यबाद दिन चाहन्छु ।”

गल्फ प्रतियोगिताले नेपालको पर्यटकीय क्षेत्रमा राम्रो प्रभाव पार्ने उनको विश्वास छ । 

बाह्रखरीडटकमका प्रधान सम्पादक प्रतीक प्रधानले गल्फ कार्यक्रम गर्न सहज नभए पनि अथक मेहनतले गल्फको इतिहास लेखिएको बताए । “गल्फ कार्यक्रम गर्न सहज थिएन । हामीले निकै मेहेनतका साथमा प्रतियोगिता सम्पन्न गर्यौं,” उनले भने  “विश्वको अग्लो स्थानमा गल्फ प्रतियोगिता गर्न सजिलो थिएन तर हामीले हार मनेनौं ।” 

भाटभटेनी सुपरमार्केट र सिभास रेगल कार्यक्रमका प्रायोजक हुन् । थाइ एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज पार्टनर, आएमइ ग्लोबल बैंकिङ्ग पार्टनर र टाटा एच फाइभले भेइकल पार्टनरको भूमिका निर्वाह गरेका थिए । 

एनसेल बाह्रखरी गल्फको नयाँ रेकर्ड

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC