site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाह्रखरी गल्फ प्राकृतिक सुन्दरताबाट पर्यटक लोभ्याउने नयाँ माध्यमः मैनाली
Ghorahi CementGhorahi Cement

काठमाडौं । विश्वको सबैभन्दा उचाइमा भएको एनसेल बाह्रखरी गल्फले गल्फ प्रतियोगितामा एक नयाँ आयाम ल्याएको महेन्द्रकान्त मैनालीले बताएका छन् । उनले यो गल्फ प्रतियोगिता प्राकृतिक सुन्दरतामा भएकाले प्रचार प्रसार राम्रोसँग भएमा पर्यक लोभ्याउने नयाँ माध्यमको रुपमा रहने पनि उनले बताए ।

बिहीबार विश्वकै सबैभन्दा उचाइमा बाह्रखरीको वार्षिक ‘आमन्त्रण गल्फ’ प्रतियोगिता अन्तर्गत थप खेलाडीहरुले सहभागिता जनाएका थिए । चार हजार दुई सय पचास मिटरको कोङ्दे रीमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो ।

Agni Group

“प्रतियोगिताबाट एउटा असाध्यै रमाईलो र नयाँ किसिमको अनुभव भयो । हिउँ परेकाले त्यहाँको वातावरण झनै राम्रो देखिन्थ्यो । तर हिमाली क्षेत्रमा खेलेको कारण एक नयाँ किसिको अनुभूति भएको छ । बाह्रखरीले यो कार्यलाई असम्भवबाट सम्भव बनाएको छ । यसको राम्रो प्रचार प्रसार भएमा कोङ्दे री पर्यटकीय गन्तब्य बन्न सक्छ,” मैनालीले भने ।  

दुई चरणमा हुने प्रतियोगितामा पहिलो चरण सम्पन्न भएको छ भने दोस्रो चरणमा काठमाडौंको गोकर्ण रिसोर्टमा सय बढी गल्फरले प्रतिस्पर्धा गर्नेछन्  । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षाका साथ आयोजना भएको प्रतियोगितामा यसअघि १४ कर्पोरेट गल्फर र दुई जना विदेशी पत्रकारले पनि सहभागिता जनाइसकेका थिए ।

Global Ime bank

“मैले गल्फ खेल्न थालेको दश वर्ष भयो । आजसम्मको मेरो राम्रो प्रतियोगिताको रुपमा बाह्रखरी गल्फलाई लिन्छु । मैले त्यो उचाइमा गल्फ खेलेको पहिलो पटक हो । यसलाई राम्रो तरिकाले प्रचार प्रसार गर्न सकियो भने पर्यटन प्रवर्द्धनमा धेरै सहयोग पुर्याउने अनुभव मैले गरेको छु,” मैनालीले भने । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC