site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
एनसेल बाह्रखरी गल्फ सगरमाथा क्षेत्रमा, गल्फ प्रतियोगितामा ‘रेकर्ड ब्रेक’
Sarbottam CementSarbottam Cement

कोङ्दे (सोलुखुम्बु) । बाह्रखरी मिडियाको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ’प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा खेलिएको छ । ४,२५० मिटरमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्वनमा उल्लेखनीय सहयोग पुर्याउने अपेक्षाका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको पहिलो दिन आज (आइतबार) ४,२५० मिटर उचाइमा रहेको सगरमाथा क्षेत्रको कोङ्दे री मा ६ जना गल्फर र ३,८८० मा रहेको स्याङ्बोचेमा ८ जना खेलाडीले एक होल खेलेका थिए ।

प्रतिकूल मौसमका बाबजुद पनि एनसेल बाह्रखरी गल्फ सगरमाथा क्षेत्रमा भएको हो । बाह्रखरी गल्फले विश्वमा पहिलो पटक अग्लो स्थानमा खेलाइएको गल्फको रेकर्ड राखेको बाह्रखरी मिडिया प्रालिका उप–महाप्रबन्धक सूर्य घिमिरेले बताए । दुई चरणमा खेलाइएको प्रतियोगिताका बाँकी १७ होल दोस्रो चरणमा अक्टोबर २६ मा काठमाडौंको गोकर्ण रिसोर्टमा खेलाइनेछ । प्रतियोगिताले नेपाली पर्यटन प्रवर्र्धनमा नयाँ आयाम ल्याउन महत्वपूर्ण भूमिका खेल्ने प्रतियोगितामा सहभागी खेलाडीहरुको धारणा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिताको मुख्य प्रायोजक एनसेल रहेको छ भने भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन् । थाई इन्टरनेसनल एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज पार्टनर रहेका छन् भने ग्लोबल आईएमई बैङ्क प्रतियोगिताको बैङ्किङ पार्टनर तथा टाटा मोटर्स भेहिकल तथा होल–ईन–वान पार्टनर रहेको छ । 
बाह्रखरी मिडिया इभेन्टस् प्रतियोगिताको आयोजक हो । 

“अविष्मरणीय क्षण रह्यो मेरो लागि । मैले प्रतियोगिताको पहिलो टीअफ गर्ने मौका पाएँ । गल्फ आफैँमा धेरै रोमाञ्चक खेल हो । अहिले बाह्रखरीले कोङ्देमा यो प्रतियोगिता आयोजना गर्नु नै हामी खेलाडीको लागि ऐतिहासिक क्षण हो । यो नेपालका लागिमात्र होइन, विश्वकै इतिहासमा पहिलो पटक अग्लो स्थानमा खेलाइएको प्रतियोगिताको रुपमा हेरिएको छ,” समिट एयरका सञ्चालक तथा गल्फल विकास राणाले भने ।

Global Ime bank

साथै उनले देशको पर्यटकीय क्षेत्रमा भएको यो प्रतियोगिताले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने पनि बताए । अन्तर्राष्ट्रिय मिडियाले यसको कभरेज गरेकाले पनि विश्व जगतमा यो प्रतियोगिताले आफ्नो छुट्दै महत्व राख्ने उनको विश्वास छ । 

त्यस्तै प्रतियोगिताको पहिलो समूहमा खेलेकी रेखा घिमिरेले पनि बाह्रखरी गल्फले आफ्नो लागि जीवनभर भुल्न नसकिने अवसर प्रदान गरेको बताइन् । “यति अग्लो ठाउँमा गल्फ खेल्दा फरक अनुभूति हुने रहेछ । मैले आजको खेलबाट बेग्लै खालको अनुभूति पाएकी छु । यो प्रतियोगिताले देशको खेल क्षेत्रमा मात्र नभई पर्यटकीय क्षेत्रमा पनि धेरै राहत दिनेछ । हामी जस्तो गल्फमा फरक अनुभव लिन चाहनेहरुका लागि यो प्रतियोगिताले धेरै राहतको अनुभूति दिलाएको छ,” घिमिरेले भनिन् ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो । दुई चरणमा गरी करिब एक सय गल्फरले प्रतिस्पर्धा गर्नेछन् । अन्तर्राष्ट्रिय मिडियाले पनि प्रतियोगितालाई महत्वपूर्ण हिसाबले हेरेको हुनाले यसले पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

“मैले ३० वर्षदेखि गल्फ खेल्दै आइरहेको छु । मेरो आफ्नै गल्फ खेलको करियरमा नयाँ इतिहास रचेको अनुभव गरेको छु । यस्तो खालको प्रतियोगिता मेरो लागि पहिलो पटक हो । यो प्रतियोगितालाई मैले प्रतिस्पर्धा भन्दा पनि नयाँ अनुभवको रुपमा लिएको छु । हिमालको फेदमा नै गल्फ खेल्ने अवसर जुराइदिएकोमा आयोजकप्रति आभारी छु,” गल्फर राजेन्द्र क्षेष्ठले भने ।त्यस्तै प्रतियोगितामा सहभागी आरती राणाले कोङ्देमा गल्फ खेल्दा एउटा नयाँ खालको ऊर्जा आएको बताइन् । १० वर्षे गल्फ करियरमा पहिलो पटक यो खेलप्रति आनन्द आएको महसुस भएको उनको भनाइ छ ।

“साधारण स्थानमा गल्फ खेल्नु र यो उचाइमा गल्फ खेल्नुमा धेरै फरक रहेछ । चिसोका कारण पनि धेरै उत्कृष्ट तरिकाले खेल्न सकिएन । तर मेरो लागि गल्फ करियरमा बेग्लै खालको अनुभव भएको छ । यही प्रतियोगिताको सिको गर्दै अन्य विदेशी खेलाडीको पनि यस क्षेत्रमा आगमन हुने मेरो विश्वास छ,” राणाले भनिन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC