site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
एनसेल बाह्रखरी गल्फ आज 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेल बाह्रखरी गल्फ आइतबार (आज) बाट सुरु हुँदैछ । गल्फका लागि खेलाडी र पाहुनाको टोली लुक्ला पुगेको छ । बाह्रखरी मिडिया प्रालिको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ प्रतियोगिता’को तेस्रो संस्करण अन्तरगत आजबाट सुरु हुनेगल्फ प्रतियोगिताका लागि विभिन्न देशबाट आएका पत्रकार तथा खेलाडीको टोली लुक्ला पुगिसकेको छ । 

लुक्लामा रहेका खेलाडी, पत्रकार तथा पाहुनाको टोली हाइकिङ, योगालगायत कार्यक्रममा सहभागी भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिता आइतबार चार हजार दुई सय ५० मिटर उचाइमा रहेको सगरमाथा क्षेत्रको कोङ्दे री मा खेलाइनेछ, जहाँ ४० बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।  

Global Ime bank

“यति ठूलो प्रतियोगिता आयोजना गर्न पाउँदा हामी धेरै उत्साहित छौं,” बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले भने, “आयोजनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।”

उप–महाप्रबन्धक घिमिरेका अनुसार प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो चरण कोङ्देमा आइतबार हुनेछ, जसमा ४० बढी गल्फरहरुले एक होल खेल्नेछन् । दोस्रो चरणमा सबै गल्फरले अक्टोबर २६ मा काठमाडौंको गोकर्ण रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन् । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब एकसय गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  ०६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC