site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रुख काटेको मुद्दामा एक महिना जेल तोकिएका कसुरदार समातिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । बर्दियामा एक फरार कसुरदार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाकै बढैयाताल गाउँपालिका–७ का ३५ वर्षीय दुखराम थारु छन् ।

बिनाइजाजत रुख काटेको मुद्दामा बर्दिया जिल्ला अदालतले उनलाई एक महिना कैद र १० हजार ९५८ रुपैयाँ जरिवाना सजाय तोकेको थियो । अदालतले गएको वैशाख १४ गते यस्तो सजाए सुनाए पनि थारु फरार थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार (आज) बर्दियाकै गुलरिया नगरपालिका–६ मा लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउपछि आवश्यक कारबाहीका लागि अदालतमा बुझाइएको थियो । अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई कारागार कार्यालय बर्दियामा पठाइएको प्रहरी निरीक्षक हृदेशकुमार सापकोटाले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC