site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा रुसी तेलको बिक्री २२ गुणा बढ्यो !
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुसले युक्रेन युद्ध सुरु भएयता भारतमा रुसी तेलको बिक्री २२ गुणा बढेको दाबी गरेको छ । रुसी उपप्रधानमन्त्रीले सन् २०२२ मा युक्रेनयुद्धपछि युरोपेली मुलूकहरूले रुसी तेललाई निरुत्साहित गरेका बेला भारसँग तेल बिक्री २२ गुणा बढेको दाबी गरेका हुन् । 

मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि युरोपियन युनियन (ईयू)ले रुसी तेलमाथिको निर्भरता घटाएको थियो । यससँगै रुसको तेल बिक्री चीन र भारतमा बढेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

ईयूले गत डिसेम्बरमा रुसी समुद्री तेलमा ६० अमेरिकी डलरको मूल्य सीमा तय गरेको थियो । यसमा विश्वका प्रमुख सात अर्थतन्त्रहरूको समूह जी–७ ले पनि सहमति जनाएको थियो ।

“हाम्रा धेरै जसो ऊर्जा स्रोतहरू अन्य बजारहरूमा, मित्र राष्ट्रहरूको बजारमा सिफ्ट भएको छ,” उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले रुसी समाचार एजेन्सीहरूलाई भनेका छन्, “उदाहरणका लागि हामीले भारतमा तेल आपूर्ति नै हेर्ने हो भने, गत वर्ष २२ गुणा बढेका छ ।”

Global Ime bank

रुसको ऊर्जा क्षेत्रको जिम्मेवारी पनि सम्हालेका नोभाकले चीनमा पनि आपूर्ति बढ्दै गएको बताए ।

तेलको प्रमुख उत्पादक र ओपेक तेल कार्टेलको प्रमुख सहयोगी रुसले पश्चिमी प्रतिबन्धहरूको प्रतिक्रियास्वरूप यस महिना कच्चा तेलको उत्पादन प्रति महिना पाँच लाख ब्यारेलले घटाएको छ । करिब ५ प्रतिशतको यो उत्पादन कटौती जुनसम्म जारी रहने उनले बताएका छन् ।

गत वर्षको तुलनामा फेब्रुअरीमा रुसको तेल निर्यातबाट उठेको राजस्व करिब आधाले घटेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले जनाएको छ ।

एनडीटीभीबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC