site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अडानी–हिन्डनवर्ग मुद्दामा छानबिन गर्न भारतीय सर्वोच्च अदालतको आदेश 
गौतम अडानी । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको सर्वोच्च अदालतले त्यहाँका अर्बपति गौतम अडानीमाथि दुई महिनाभित्र छानबिन गर्न सेयर बजारको नियमनकारी निकाय (सेबी)लाई आदेश दिएको छ ।

एक महिनाअघि अमेरिकी अनुसन्धान एजेन्सी हिन्डनवर्गले अडानीले आफ्ना कम्पनीको सेयरको मूल्य कृत्रिम रूपमा बढाएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अदालतले अडानी–हिन्डनवर्ग मुद्दाको नियामक संयन्त्रको समीक्षा गर्न एक विशेषज्ञ समिति पनि गठन गरेको छ ।

अमेरिकी वेबसाइट हिन्डनवर्गमा प्रकाशित प्रतिवेदनका आधारमा अडानी समूहविरुद्ध छानबिन गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको थियो । भारतीय कांग्रेसका नेता डा. जय ठाकुरले अडानी र उनका सहयोगीले नागरिकको करोडौँ रुपैयाँ रकम ठगी गरेको आरोप लगाउँदै रिट निवेदन दायर गरेका हुन् ।

Global Ime bank

निवेदकले बहालवाला न्यायाधीशको निगरानीमा सीबीआई, ईडी, डीआरआई, एसईबीआई, आरबीआई, एसएफआईओलगायत अनुसन्धान गर्ने निकायबाट त्यसको छानबिन गर्न माग गरेका थिए ।

अदालतले रिटउपर बिहीबार सुनुवाइ गर्दै अडानीमाथि छानबिन गर्न सेबीलाई निर्देशन दिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC