site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओली–प्रचण्डको बालकोट/बालुवाटार परिक्रमा, डेढ महिनामा १५ पटक पुगे ओली 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बुधबार बिहान बालकोट पुगे । दुई नेताबीच ओलीको निवासमा करिब दुई घण्टा छलफल भयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि तेस्रोपटक बालकोट पुगेका हुन् । उनलाई भेट्न ओली नै प्रायः बालुवाटार पुग्ने गरेका छन् । तत्कालीन नेकपा विवाददेखि गएको पुस १० गतेअघिसम्म दुई नेता एकार्कालाई गाली–गलौजमा गर्नमा व्यस्त थिए ।

तत्कालीन पाँचदलीय गठबन्ध तोडेर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेयता यी दुई नेताबीचको भेटघाट बाक्लिएको छ । विभिन्न शंका–आशंकाबीच दुई नेता निरन्तर संवादमा छन् । प्रचण्ड र ओलीबीच ‘वान अन वान’ संवाद हुने गरेको छ । ओली कुनै दिनजसो बिराएर बालुवाटार पुग्ने गरेका छन् । उनको दौडधुप बढेको छ ।

Agni Group

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच पछिल्लो डेढ महिनाको अवधिमा १५ पटक ‘वान अन वान’ वार्ता भएको छ । १५ मध्ये बालुवाटारमा मात्र नौपटक वार्ता भएको छ । बालकोटमा तीन, खुमलटारमा एक र सिंहदरबारमा दुईपटक ‘वान अन वान’ वार्ता भएको छ ।

दुई नेताबीचको वार्ता र सत्ता गठबन्धन बैठकका लागि ओली १५ पटक बालुवाटार पुगेका छन् । बुधबारसहित प्रचण्ड प्रधानमन्त्रीमा बनेयता तीनपटक बालकोट पुगेका छन् ।

Global Ime bank

प्रचण्ड–ओलीबीच डेढ महिनाका भेटवार्ताको मिति र स्थान

पुस १० गते प्रचण्ड प्रधानमन्त्री बन्नुअघि बालकोटमा 

गएको पुस १० गते बिहानसम्म प्रचण्डले तत्कालीन पाँचदलीय गठबन्धनबाट आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने माग गरिरहेका थिए । उनी सो गठबन्धनबाट प्रधानमन्त्री नबन्ने निश्चित भएपछि एमालेसहितको गठबन्धनका लागि बालकोट पुगेका थिए ।

बालकोटमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति र जनमत गरी सात दलका नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । शीतलनिवाससम्म पुग्दा प्रचण्डले स्वतन्त्रसहित १६९ सांसदको समर्थन पाए ।

324574102_1242186956650304_1024466799714368244_n1675857202.jpg

पुस ११ : सिंहदरबारमा सत्तासाझेदारको बैठक

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्ट सिंहदरबारमा मन्त्रिपरिषद्मा भागबन्डाबारे छलफल गर्न सत्तासाझेदार दलका शीर्ष नेताको बैठक बसेको थियो । साझेदार दलको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।

पुस १३ : ओली खुमलटारमा 

एमाले अध्यक्ष ओली पुस १३ गते प्रधानमन्त्री प्रचण्डको निवास खुमलाटारमा पुगे । सत्ता गठबन्धनबीच भागबन्डाबारे दुई नेताबीच छलफल भएको थियो । त्यति बेला ओली साढे दुई वर्षपछि खुमलटार पुगेका थिए ।

पुस १४ : सत्तासाझेदार दलका शीर्ष नेताको बैठक 

त्यसको भोलिपल्ट अर्थात् पुस १४ गते बालुवाटारमा सत्तासाझेदार दलका शीर्ष नेताको बैठक बसेको थियो ।

पुस १५ : बालुवाटारमा छलफल 

पुस १५ गते प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

dahaloli1675857205.JPG

पुस १९ : बालुवाटारमा भेटवार्ता

गएको पुस १९ गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

पुस २० : सत्तासाझेदार दलको बैठक 

त्यसको भोलिपल्ट अर्थात् पुस २० गते बालुवाटारमा सत्तासाझेदार दलका शीर्ष नेताको बैठक बसेको थियो । बैठकमा सहभागी हुन ओली बालुवाटार पुगेका थिए ।

पुस २३ : ओली बालुवाटारमा

पुस २३ गते सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो ।

बालुवाटारमा कार्यदलका संयोजक तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएका थिए । सोही प्रतिवेदन बुझ्नका लागि ओली बालुवाटार पुगेका थिए ।

पुस २४ : सत्तासाझेदार दलको बैठक

पुस २४ गते पनि बालुवाटारमा सत्तासाझेदार दलका शीर्ष नेताको बैठक बसेको थियो । बैठकका लागि ओली बालुवाटार पुगेका थिए ।

पुस २७ : प्रचण्ड बालकोटमा 

प्रधानमन्त्री नियुक्त भएको १२ दिनपछि प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच समसामयिक विषयमा छलफल भएको थियो ।

भोलिपल्टै ओली बालुवाटारमा 

त्यसको भोलिपल्ट अर्थात् पुस २८ गते ओली बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटका लागि ओली बालुवाटार गएका थिए ।

पुस ३० : बालुवाटारमा भेटवार्ता 

गएको पुस ३० गते प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

माघ २ : प्रचण्ड बालकोटमा 

यही माघ २ गते बिहान प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार सो दिन उनी खाना खाने गरी बालकोट गएका थिए ।

324574102_1242186956650304_1024466799714368244_n1675857202.jpg

दिउँसो बालुवाटारमा बैठक 

सोही दिन दिउँसो (माघ २ गते) बालुवाटारमा सत्तासाझेदार दलका शीर्ष नेताको बैठक बसेको थियो ।

माघ ३ : बालुवाटारमा सर्वदलीय बैठक 

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहित आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका दलका नेताहरूलाई छलफलका लागि माघ ३ गते बालुवाटारमा बोलाएका थिए । बैठकमा सहभागी हुन ओली बालुवाटार गएका थिए । सोही बैठकमा सभामुख, राष्ट्रपति निर्वाचनलगायत विषयमा सहमतिका लागि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको प्रस्ताव गरेका थिए ।

माघ १० : बालुवाटारमा छलफल

माघ १०  गते प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।

माघ १२ : ओली बालुवाटारमा 

माघ १२ गते प्रधानमन्त्री प्रचण्ड र ओलीबीच फेरि भेटवार्ता भएको थियो । भेटका लागि ओली बालुवाटार पुगेका थिए ।

माघ १५ : बालुवाटारमा छलफल 

माघ १५ गते प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमै छलफल भएको थियो ।

माघ १८ : बालुवाटारमै भेटवार्ता

माघ १८ गते प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पुनः बालुवाटारमै भेटवार्ता भएको थियो । रास्वपाले सरकार छाड्ने चेतावनी दिइरहेका बेला सो भेटर्वार्ता भएको थियो ।

olid11675857208.jpg

माघ २१ : ओली बालुवाटारमा 

माघ २१ गते प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमै भेटवार्ता भएको थियो ।

माघ २३ गते : देउवासहित तीन नेता सिंहदरबारमा 

माघ २३ गते सिंहदरबारमा प्रमुख दलका शीर्ष तीन नेताबीच भेटवार्ता भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।

माघ २४ : सिंहदरबारमा भेटवार्ता

देउवासँग छलफल भएको भोलिपल्ट अर्थात् माघ २४ गते प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा जुटेका थिए । दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको थियो ।

माघ २५ : प्रचण्ड बालकोटमा 

प्रधानमन्त्री प्रचण्ड छलफलका लागि बुधबार बिहान बालकोट पुगे । अध्यक्ष ओलीसँगको उक्त भेटवार्तामा बिहीबार  उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक राखेर राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने सहमति जुटेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC