अर्थ व्यवसाय
नाडेप लघुवित्तले प्रस्ताव गर्याे लाभांश घोषणा


काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले यो वर्ष लगानीकर्तालाई गत आर्थिक वर्षसम्मको मुनाफाबाट चुक्तापुँजीको १०.५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोगजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका हुन् ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्तापुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ १३:५१
प्रतिक्रिया दिनुहोस्