site stats
विदेश
म्यान्मारमा थप ६ महिनाका लागि संकटकाल थप 
फाइल तस्बिर

म्यान्मार । म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको संकटकालीन अवस्थालाई थप छ महिनाका लागि बढाइएको छ । 

देशको संकटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको हो । 

Agani Group

सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि घोषणा गरिएको आपतकालीन अवस्था लम्ब्याउन सैन्य सरकार (जुन्ता) प्रमुख मिन आङ ह्लाइङले गरेको आग्रहलाई स्वीकार गरिएको सरकारी प्रसारक एमआरटीभीले जनाएको छ ।

म्यान्मारमा दुई वर्ष पहिले भएको सैन्य ‘कू’ पछि जुन्ता सरकारविरूद्ध देशभर भएका प्रदर्शनमा करिब दुई हजार सात सय व्यक्तिको मृत्यु भएको छ । सयौं नागरिकलाई राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरी थुनामा राखिएको छ ।    रासस 

Global bank

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०७:३५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय