site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन  हुँदैन : अर्थमन्त्री पौडेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन नहुने बताएका छन् । बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताएका हुन् ।

उनले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको पनि बताए । उनले खर्च कटौतीसम्बन्धी अर्थमन्त्रालयले महत्त्वपूर्ण निर्णय गरेको भएपनि अर्थतन्त्रको सुधारका लागि त्यति मात्रैले नपुग्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री पौडेलले आर्थिक नीति परिमार्जन गर्ने बेला भएको पनि बताए । उनले अर्च कटौतीको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आफू प्रतिबद्ध रहेको बताए । 

मन्त्री पौडेलले अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउनका लागि गृहकार्य आवश्यक भएको बताए । आगामी दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै उनले अहिलेका नयाँ समस्याहरूको चाङलाई विस्तारै कम गर्दै लैजाने बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  २१:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC