site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा जापानको प्रवेशाज्ञा सेवा नियमित
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।

जापान सरकारले शनिबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । यसअघि जापान सरकारले बेइजिङबाट दिने प्रवेशाज्ञा बन्द गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड–१९ का कारण जापानले चिनियाँ राजधानी बेइजिङबाट प्रवेशाज्ञा बन्द गरेको सूचना जारी गरेको थियो ।

आइतबारदेखि सो सेवा पुनः सञ्चालनमा ल्याइएको जनाएको हो । राजधानी बेइजिङस्थित जापानी राजदूतावासको वेभसाइटमा यससम्बन्धी सूचना राखिएको समाचारमा जनाइएको छ ।

Global Ime bank

चीनमा पछिल्लो समयमा बढ्दै गएको कोभिड–१९ को संक्रमणका कारण जापान सरकारले चिनियाँ नागरिकलाई प्रवेशाज्ञामा प्रतिबन्ध लगाएको थियो ।

कोभिडका कारण अस्थायी रुपमा लगाइएको प्रतिबन्ध अब भने सञ्चालनमा ल्याइएको सो सूचनामा उल्लेख गरिएको समाचारमा जनाइएको छ ।

चीनमा पछिल्ला केही हप्तामा कोभिडको संक्रमण निकै बढेको थियो । यहाँ दैनिक एक करोडभन्दा पनि बढी मानिसमा संक्रमण भएको तथ्याङ्क सार्वजनिक भएको थियो ।

यसकारण चीनको राजधानी बेइजिङमा रहेका जापानलगायतका केही देशका दूतावासहरुले आफ्ना देशमा जानका लागि प्रवेशाज्ञा सेवा नै बन्द गरेका थिए । रासस/सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC