site stats
विदेश
आममाफीको उपयोग गर्दै अस्ट्रेलियालीले बुझाए साढे सत्र हजार बन्दुक 
प्रतीकात्मक तस्बिर।

क्यानबेरा । अस्ट्रेलियाको सङ्घीय सरकारले दर्ता नगरिएका वा गैरकानुनीरूपमा हासिल गरिएका हतियार सरकारलाई बुझाएमा कारबाही नगर्ने घोषणा गरेपछि १७ हजार ५४३ थान हतियार राज्यसरकारलाई प्राप्त भएको छ । 

सङ्घीय सरकारले शनिबार आममाफी कार्यक्रममा पहिलो वार्षिक प्रतिवेदन जारी गर्दै ती हतियार नागरिकले सरकारलाई बुझाएका बताएको हो ।

S.A.U
Agani Group

नरसंहारका घटना रोक्ने तथा नागरिक सुरक्षालाई सुदृढ तुल्याउने उद्देश्यले सन् २०२१ को मध्यमा आममाफीको घोषणा गरिएको थियो । बितेका एक वर्षमा ती हतियार सरकारलाई बुझाइएको प्रतिवेदनमा जनाइएको छ । 

आपराधिक गुप्तचर आयोगका अनुसार अस्ट्रेलियामा करिब दुई लाख ६० हजार अवैध हतियार छन् । 

Global bank

जुलाई २०२१ देखि जुन २०२२ सम्म हस्तान्तरण गरिएका हतियारमध्ये आठ हजार १४० थान राइफल, दुई हजार ८९६ थान बन्दुक र ७८९ थान पेस्तोल छन् ।  

यसैबीच, अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसले समुदायमा फैलिने हतियार त्रास  घटाउन  तथा आफ्ना नागरिकलाई सुरक्षित राख्न हतियार हस्तान्तरणको योजना प्रभावकारी भएको बताएका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ००:०९
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय