site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समानुपातिकतर्फ कुन दलले कति सिट पाए ? (सूचीसहित), संघसहित ४ प्रदेशमा एमाले पहिलो 
Ghorahi CementGhorahi Cement

काठमाडौं । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको सिट बाडफाँट गर्ने कार्य निर्वाचन अयोगले सम्पन्न गरेको छ । 

आयोगले बुधबार जारी गरेको अन्तिम विवरणअनुसार एमाले संघ र ४ प्रदेशमा पहिलो दल बनेको छ । 

आयोगका अनुसार संघमा ३४ सिट पाएको एमालेले प्रदेश–१ मा १५, मधेस प्रदेशमा ८, वाग्मती प्रदेशमा १४, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ७ सिट समानुपातिकमा पाएको छ । 

Agni Group

यस्तै, मधेस प्रदेशमा पहिलो दल बनेको कांग्रेस समग्रमा दोस्रो दलमा बन्न पुग्यो । 

केन्द्रमा ३२ सिट पाएको कांग्रेसले प्रदेश १ मा १२, मधेशमा ९, वाग्मतीमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदुरपश्चिमा ७ सिट पाएको छ ।

Global Ime bank

यस्तै, माओवादी केन्द्रले संघमा १४, प्रदेश–१ मा ४ मधेश प्रदेशमा ४ र वाग्मती प्रदेशमा ७ सिट पाएको छ । गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा ४ , कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ३ सिट पाएको छ ।

finalresult1670417102.JPG

समानुपातिक मततर्फ जम्मा एक करोड पाँच लाख ६० हजार ८२ मत गणना भएको थियो ।

जसमध्ये नेकपा एमालेले सबैभन्दा धेरै ल्याएको थियो । एमालेले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको थियो भने कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको थियो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत प्राप्त गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको थियो ।

राप्रपाले पाँच लाख ८८ हजार ८४९ मत प्राप्त गर्दा जसपा छैठौं स्थानमा थियो उसले चार लाख २१ हजार ३१४ मत प्राप्त गरेको छ ।

जनमत पार्टी सम्म राष्ट्रिय पार्टी कायम भएको छ । राष्ट्रिय पार्टीको संख्या सात कायम भएको छ ।  जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ मत प्राप्त गरेको थियो ।

नेकपा एकीकृत समाजवादी पार्टी भने राष्ट्रिय पार्टी बन्न सकेन । उसले २ लाख ९८ हजार ३९१ मत प्राप्त गरेको थियो ।

नेकपा एकीकृत समाजवादीलाई नागरिक उन्मुक्ति पार्टीले पछ्याएको थियो । उसले २ लाख ७१ हजार ७२२ मत ल्याएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC